१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०८० जेठ ४ बिहीबार ११:२२:००
Read Time : < 1 मिनेट
सप्तरंग प्रिन्ट संस्करण

‘बाध्य भयौँ नि’ सार्वजनिक 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०८० जेठ ४ बिहीबार ११:२२:००

लोकदोहोरी गायक रामप्रसाद पौडेलले स्वदेशमा रोजगार नपाएर विदेश पलायन हुन बाध्य भएकाहरूको कथामा आधारित मौलिक लोकगीत ‘बाध्य भयौँ नि’ सार्वजनिक गरेका छन् ।

स्वदेशमा रोजगारी नपाएको, देश बनाउने नेताहरू जिम्मेवार नभएको र साहुको ऋण तिर्न नसकेर आमयुवा विदेश जान बाध्य भएको पीडालाई गीतमा समेटिएको छ । कोही गरिबीले, कोही रहर र कोही अन्य परिस्थितिले विदेश गए तापनि आफू जन्मिएको देश र आमा–बुबालाई नभुल्न गीतमार्फत पौडेलले अनुरोध गरेका छन् ।

विदेशमा रहेका नेपालीहरूमा मातृभूमिप्रतिको माया बढाउन, स्वदेशमै रोजगारीको अवसर सिर्जना गर्न, नेताहरूलाई जिम्मेवार भएर देश विकासमा लाग्न पनि गीतमार्फत अनुरोध गरिएको छ । यो गीतलाई गायक पौडेलले आफ्नै युट्युब च्यानलमार्फत सार्वजनिक गरेका हुन् ।