१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o जेठ ३ बुधबार
  • Sunday, 11 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o८o जेठ ३ बुधबार १७:४६:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

नागरिकलाई शरणार्थी बनाउने कार्य भ्रष्टाचार मात्रै नभई मानव बेचबिखनको गम्भीर अपराध : मानवअधिकार आयोग

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o जेठ ३ बुधबार १७:४६:oo

राष्ट्रिय मानवअधिकार आयोगले राज्यशक्तिको दुरुपयोग गरी नक्कली शरणार्थी बनाई मानव बेचबिखन गर्नु गम्भीर अपराध भएको बताएको छ। 

आयोगले बुधबार पत्रकार सम्मेलन गर्दै राज्यशक्तिको दुरुपयोग गरी नक्कली शरणार्थी बनाई मानव बेचबिखन गर्नु गम्भीर प्रकृतिको भ्रष्टाचारको विषय मात्रै नभई मानव बेचबिखन र ठगीको गम्भीर अपराध भएको बताएको हो।

आयोगले राज्यशक्तिको दुरुपयोग गरी निकृष्ट अपराधको अनुसन्धानमा प्रभाव पार्न सक्नेतर्फ सचेत रही कानुनबमोजिम अनुसन्धान तथा अभियोजनको जिम्मेवारी निभाउन आग्रह गरेको छ। 

पत्रकार सम्मेलनमा आयोगका अध्यक्ष तपबहादुर मगरले भ्रष्टाचारले सार्वजनिक जवाफदेहिता र पारदर्शितामा प्रभाव पार्ने बताए। उनले भ्रष्टाचारका मुद्दामा शून्य सहनशीलताको नीति अवलम्बन गरी उच्च मनोबलका साथ स्वतन्त्र, स्वच्छ र निष्पक्ष अनुसन्धानमार्फत संलग्न व्यक्तिहरूलाई कानुनी दायरामा ल्याउन आग्रहसमेत गरे।

अध्यक्ष मगरले फौजदारी कार्यविधि संहिता २०७४ को संशोधनले द्वन्द्वकालमा भएका घटनाहरूलाई पनि राजनीतिक आवरण दिएर मुद्दा फिर्ता लिने कार्यले दोषीले उन्मुक्ति पाउनुका साथै न्याय प्रणालीमा नै विचलन आउन सक्ने खतरा रहेको बताए। 

साथै, आयोगले संक्रमणकालीन न्यायको विषयलाई प्रतिकूल असर र प्रभाव पर्ने गरी कुनै पनि ऐन संशोधन नगर्न, मुद्दा फिर्ता लिने कार्य नगर्न सरकारसँग आग्रह गरेको छ।