१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १ मंगलबार
  • Tuesday, 14 May, 2024
मोहन विष्ट कञ्चनपुर
२o८१ जेठ १ मंगलबार १२:१८:oo
Read Time : > 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

कञ्चनपुरमा प्रहरी र मजदुरबीच झडप 

Read Time : > 1 मिनेट
मोहन विष्ट, कञ्चनपुर
नयाँ पत्रिका
२o८१ जेठ १ मंगलबार १२:१८:oo

कञ्चनपुरको सुकासालमा प्रहरी र क्यारिङकर्ता (मजदुर) बीच झडप भएको छ। गएराति भीमदत्त नगरपालिका– ५ सुकासालमा प्रहरी र क्यारिङकर्ताबीच झडप भएको हो। भन्सार छलेर सामान ल्याएको भन्दै प्रहरीले सुकासालमा क्यारिङकर्ताका सामान रोकेपछि उत्पन्न भएको विवाद झडपमा परिणत भएको थियो। गड्डाचौकी भन्सारदेखि झन्डै दुई किलोमिटर पूर्वतर्फकाे दूरीमा रहेको सुकासाल प्रहरी बिटले क्यारिङकर्तालाई रोकेपछि विवाद सुरु भएको थियो । 

भन्सार काटेर ल्याएको समानमा घुस लिन खोजेको भन्दै क्यारिङकर्ता प्रहरीमाथि खनिएका थिए। एक क्यारिङकर्ता सीमा क्षेत्रमा सशस्त्र प्रहरी, त्यसनजिकै इप्रका गड्डाचौकीमा प्रहरी हुँदाहुँदै भन्सारबाट ल्याएको सामानबीच बाटोमा मनलाग्दी चेकजाँचका नाममा प्रहरीले दुःख दिएपछि क्यारिङकर्ता प्रहरीमाथि खनिएका हुन्। प्रहरी र क्यारिङकर्ताबीच झडप हुँदा दुवैतर्फ सामान्य घाइते भएको प्रहरीले जनाएको छ। क्यारिङकर्ताले प्रहरीले ज्यादती गरेको भन्दै प्रहरी बिटसमेत भत्काइदिएका छन् ।  

कञ्चनपुर प्रहरीका प्रवक्ता प्रकाश डाँगीले सामान बरामद गरेपछि झडप भएको बताए । उनका अनुसार प्रहरी जवान रमा खत्रीसहितका चार प्रहरी घाइते भएका छन् । बिट भत्काउन संलग्न भएको भन्दै प्रहरीले तारा जोशी, महेश्वरी लावड, वसन्ती सुनार, सरस्वती राना, कैशला शाह, लाकेन्द्र सुनारलाई पक्राउ गरेको छ । स्थानीयले पक्राउ परेका सबैलाई रिहाइको माग अघि सारेका छन् । 

भारतबाट ल्याउने सामानको गड्डाचौकी भन्सारमा सशस्त्र प्रहरी र नेपाल प्रहरीको चेकिङपछि महेन्द्रनगरतर्फ सामान ल्याउने सामानमा सुकासालमा रहेको अस्थायी प्रहरी चौकीका प्रहरीले अनावश्यक दुःख दिन थालेपछि केही क्यारिङकर्ता र स्थानीय प्रहरीविरुद्धमा खनिएका छन्। स्थानीयले प्रहरीले घरायसी सामानमा समेत अति दुःख दिएको भन्दै अस्थायी प्रहरी बिट नै भत्काइदिएका थिए ।  

घटनाको रिपाेर्टिङमा गएकी पत्रकार कुँवरमाथि धरपकड 
यसैबीच उक्त घटनाको रिपाेर्टङ गर्न सुकासाल पुगेकी एक स्थानीय महिला पत्रकारमाथि समेत प्रहरीले धरपकड गरेको थियो । रिपाेर्टिङका लागि घटनास्थल पुगेकी पत्रकार ऐश्वर्या कुँवरलाई कुटपिट गर्नुका साथै अनाहकमा पक्राउ गरेको छ । 


 

ad
ad