१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ २ बुधबार
  • Wednesday, 15 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ जेठ २ बुधबार ११:३४:oo
Read Time : > 1 मिनेट
ad
ad
Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ जेठ २ बुधबार ११:३४:oo

एकान्तपन केही हदसम्म जरुरी छ । सकारात्मक सोचका साथ आवश्यकताअनुसार एक्लै बस्दा हामी शान्त र सिर्जनात्मक महसुस गर्न सक्छौँ । तर्कहरू फुर्छन्, समस्याका समाधान पनि निस्कन्छन्, तर त्यो एकान्तपन एक्लोपनमा परिणत हुँदा यो दुनियाँमा भएका सबै पराइजस्तो लाग्छ । नकारात्मक सोच, घटना, परिघटना वा दुर्घटनाले मानिसलाई यो अवस्थासम्म डोहोर्‍याएको हुन्छ । दिक्दारीपन, उदासिनता र खुसी हराएको यो अवस्था निकै भयावह छ । यो डिप्रेसनको चरम रूप हो । यस अवस्थामा मानिसले आफूलाई मूल्यहीन र बेकामे ठान्छ, बाँच्नु नै अर्थहीन मान्छ । 

डिप्रेसन मानसिक समस्या हो । मानिस डिप्रेसनमा गएपछि एक्लोपन महसुस हुन्छ । यस्तो अवस्थामा मानिसलाई एक्लै बस्दा आनन्द आउँछ । ‘केही गर्न सक्दिनँ, म असफल भएँ, मेरो मूल्य छैन । मेरो कसैप्रति भरोसा छैन । मेरो कुनै आशाहरू छैनन्’ भन्न थाल्छ । 

यस्तो समस्याबाट ग्रस्त मानिसले रमाइलो गर्ने, खुसी हुने, घुमफिर गर्नेे, खाने–बस्ने क्षमता हराइसकेको हुन्छ । अन्तिममा एक्लोपनमा गएर जिन्दगी सक्काउनुपर्छ भन्ने सोचसमेत उसमा आउन सक्छ । त्यसैले नरमाइलो फिल गरेर कतिले आत्महत्या नै गर्छन् । यो नै एक्लोपनको, दिक्दारीपनको लक्षण हो । जुनसुकै व्यक्ति पनि एक्लोपनको सिकार हुन सक्छन् । स्वास्थ्यका लागि एक्लोपन घातक बन्न सक्छ । 

एक्लोपनका कारण
एक्लोपनका कारण धेरै हुन सक्छन् । सबैभन्दा महत्वपूर्ण कारण भनेको मानिसले पर्फम गर्न सक्दैन । यो भनेको कोठामा चुकुल लगाएर अँध्यारोमा एक्लै बस्नु हो । अर्को भनेको उसको सोच्ने तरिका हो । कसरी सोच्ने भन्ने नजान्दा व्यवहार पनि मिल्दैन । व्यवहार नमिल्नु भनेको एक्लो बनाउनु हो । एक्लोपनमा सुसाइड र पारासुसाइड भन्ने हुन्छ । पारासुसाइड भनेको हात काट्ने, मर्नु न बाँच्नु गरी बस्ने आदि हो । जति एक्लोपन भयो, त्यति शून्य लाग्ने हुन्छ । अब एक मिनेटपछि के गर्दै छु भन्ने पनि थाहा हुँदैन । विभिन्न हर्कत गरेको हुन्छ । 

एक्लोपनले पार्ने प्रभाव

एक्लोपन हुँदा सोचले प्रभाव पार्ने हुन्छ । धेरै नकारात्मक सोच आउँछन् । मानिसले असफलता मात्रै सोच्छ– कहिले गाली खाइरहेको हुन्छ, कहिले भनेको व्यक्तिले फोन उठाएको हुँदैन । आफूले भनेको जस्तो भइराखेको हुँदैन । परिस्थिति फेस गर्न र अरूको अगाडि जान सक्दैन ।

- कसैको अगाडि जान नसकेपछि एक्लोपनमा पर्छ । त्यतिवेला नकारात्मक सोच हावी हुन्छन् । दिक्क लाग्ने, नमिठो लाग्ने, हतोत्साही हुने, एकदमै चिन्तित हुने, सास फेर्न गाह्रो हुनेलगायत लक्षण देखिन्छन् । चिडचिडाहट हुने, पछुतो मान्ने, विचलित हुने, उदास हुने, रुने, खान छोड्ने, दुब्लाउने, विक्षिप्त भएर अन्तिममा भाग्नेलगायत लक्षण देखिन्छन् । 

समाधानका उपाय
- एक्लोपनकोे कारण पहिचान गर्ने, एनालाइसिस गर्ने । 
- रमाइलोकेन्द्रित हुने, रिल्याक्स हुने । 
- एक्लोपनको महसुस गरेका व्यक्तिले आफ्नो परिवारलाई समस्याबारे भन्ने । परिवारले बुझ्दैनन् भने साथीलाई भन्ने, मनोविद्लाई भन्ने । सपोर्टमा जाने । 
- परिवारले एक्लोपनको सिकारमा रहेकालाई सपोर्ट गर्ने, राम्रो व्यवहार गर्ने । उसले चाहेका, भनेका कुरा पूरा गर्ने, उसका कुरा स्वीकार गर्ने र हरेक कुरामा आश्वस्त पार्ने । 
- एक्लोपनको सिकारमा परेकाहरूलाई मनोविद् वा चिकित्सकसमक्ष लैजाने । एक्लोपन हटाउने औषधिको प्रयोग गर्ने ।

ad
ad