१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 11 May, 2025
कमलराज भट्ट काठमाडौं
Invalid date format १६:४६:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

भुटानी शरणार्थी प्रकरणमा ‘तीन नेतालाई अमेरिकाले उठाउने’ भनेपछि संसदीय समितिमा बबाल !

Read Time : < 1 मिनेट
कमलराज भट्ट, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १६:४६:oo

अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको पहिलो बैठकमा सदस्यहरूबीच विवाद भएको छ। 

नेमकिपाका सांसद प्रेम सुवालले भुटानी शरणार्थी प्रकरणमा शीर्ष नेता नियमित बैठक बसेर संलग्न ठूला नेतालाई जोगाउने प्रयास गरिरहेको सुन्नमा आएको भन्दै यसो भएमा अमेरिकाले नछोड्ने भनेपछि सदस्यहरूले आपत्ति जनाएका थिए। 

पनामाका राष्ट्रपतिलाई अमेरिकाले राष्ट्रपति भवनबाटै उठाएर लगेको उदाहरण प्रस्तुत गर्दै सुवालले भने, ‘अहिले भुटानी शरणार्थी प्रकरणमा हाम्रा शीर्ष नेता  दिनहुँ बैठकमा बसिरहेका छन् । आफ्नो मान्छेलाई उन्मुक्ति दिन खोजेको भनेर समाचार आइरहेको छ। दोषीलाई कारबाही गरिएन भने पनामाजस्तै अमेरिकाले तीनैजनालाई उठाएर लान्छ।’

सुवालको भनाइमा जसपाका राजकिशोर यादवले प्रतिवाद गर्दै पत्रपत्रिकामा आएको कुरा बोलेर देशलाई अप्ठ्यारो पार्न नमिल्ने जिकिर गरे। 

कांग्रेसका विमलेन्द्र निधिले सुवालको अभिव्यक्तिको रेकर्ड नै हटाउन माग गरे। ‘पत्रपत्रिकाबाट आएको आधारमा त्यसरी भन्न पाइँदैन, यो रेकर्डबाट डिलिट गर्नुपर्छ।’

आफ्नो अभिव्यक्ति रेकर्डबाट हटाउनुपर्ने भनेपछि सांसद सुवालले ‘त्यसो हो भने समिति किन चाहियो ?’  भनेर प्रतिप्रश्न गरेका थिए। 

सुवालले मानव अधिकारको विषय जोडिने अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा प्रधानमन्त्रीको उपस्थिति नभएकोमा पनि असहमति जनाएका थिए।