१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 12 May, 2025
Invalid date format १५:४५:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

‘नागरिक अभिनन्दन’मा सहभागी हुन पूर्वराजा धनगढी आउँदै 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १५:४५:oo

पूर्वराजा ज्ञानेन्द्र शाहलाई धनगढीमा अभिनन्दन गरिने भएको छ। पूर्वराजा आउने भएपछि समर्थकले उनको अभिनन्दन र भ्रमणको तयारी थालेका छन्। यही ५ जेठमा शाह परिवारका सदस्यसहित धनगढी आइपुग्ने तय भएको बताइएको छ। 

राष्ट्रिय प्रजातन्त्र पार्टीको अगुवाइमा राजतन्त्र पक्षधरहरूले ६ जेठमा पूर्वराजालाई धनगढीको खुला मञ्चमा ‘नागरिक अभिनन्द’ गर्ने तयारी गरेका छन्। 

त्यसका लागि एक हजार एक सय सदस्यीय नागरिक अभिनन्दन मूल समारोह समिति गठन गरिएको छ। भ्रमणलाई लक्षित गरेर राजतन्त्र पक्षधरले अत्तरिया चोकलगायत केही ठाउँमा पूर्वराजाका तस्बिरसहित पोस्टर टाँसिएका छन्।

नागरिक अभिनन्दन मूल समारोह समितिका संयोजक जयन्त चन्दले विभिन्न उपसमिति गठन गरेर पूर्वराजाको अभिनन्दन र भ्रमणको तयारी भइरहेको बताए। पूर्वराजा शाह केही दिन सुदूरपश्चिममा रहने र उनले यहाँका प्रसिद्ध मठमन्दिर र धार्मिक स्थलको दर्शन गर्ने कार्यक्रम रहेको बताइएको छ।

पूर्वराजा शाहले पछिल्लो समय आफ्नो सक्रियता बढाएका छन्। देशका विभिन्न जिल्लाको भ्रमणमा निस्किएका उनी केही दिनअघि नेपालगन्जमा गरिएको नागरिक अभिनन्दनमा सहभागी भएका थिए।

त्यहीँबाट रुपैडिया नाका हुँदै भारत गएका शाहले भारत भ्रमणका क्रममा उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथसँग भेटवार्ता गरेका थिए। पूर्वराजाको सक्रियतालाई कतिपयले हिन्दू राष्ट्र फर्काउने प्रयत्नको रूपमा बुझेका छन्।