१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o जेठ १ सोमबार
  • Sunday, 11 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o८o जेठ १ सोमबार १६:५६:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

एनओसी पनि अब अनलाइनबाटै

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o जेठ १ सोमबार १६:५६:oo

उच्च शिक्षा अध्ययनका लागि विदेश जाने विद्यार्थीहरूलाई अत्यावश्यक पर्ने ‘नो अब्जेक्सन सर्टिफिकेट’ (एनओसी) अब अनलाइन प्रणालीबाटै प्राप्त गर्न सकिने भएको छ।

सानोठिमीस्थित वैदेशिक अध्ययन अनुमति शाखाले सोमबारदेखि सुरु गरेको उक्त अनलाइन प्रणाली सेवाको शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले उद्घाटन गरेका हुन्।

सरकारी सेवा प्रदायक संस्थामध्ये सेवाग्राहीको भिडभाड हुने संस्थामा एनओसी पनि पर्छ। विद्यार्थी कार्यालयमै उपस्थिति हुँदा झन्झट भएको, भिडभाड बढेको र टाढाटाढाबाट आउनेलाई असहज भएकाले अनलाइनबाटै सेवा प्रदान गर्न थालिएको एनओसी शाखा प्रमुख वासुदेव वस्तीले बताए।

उनका अनुसार ०७७ भदौदेखि सेमी–अनलाइन रूपमा प्रदान भइरहेको वैदेशिक अध्ययन अनुमति शाखाको सेवा प्रवाहलाई अझ सरल, सहज, प्रभावकारी र प्रविधिमैत्री बनाउन वैदेशिक अध्ययन स्वीकृतिसम्बन्धी निर्देशिका, २०७९ जारी गरिएको थियो। निर्देशिकाको दफा ७ को उपदफा (३) र (४)मा सेवाग्राहीलाई विद्युतीय प्रणालीको प्रयोग गरेर आफ्नो वैदेशिक अध्ययन स्वीकृति-पत्र डाउनलोड गर्न सकिनेछ।

त्यसको लागि भौतिक रूपमा उपस्थित हुनुपर्नेछैन। 
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले अनलाइन प्रणालीबाट सेवा सुचारु भएपछि सेवाग्राहीलाई सहज हुने बताए।

सेवाग्राहीले एनओसीको सिस्टमममा प्रविष्ट गरेको आवेदन र कागजातका आधारमा ‘अटोनोमस भेरिफिकेसन’ गरिनेछ। त्यसपछि सेवाग्राहीले अनलाइनबाटै एनओसी प्रिन्ट गर्न मिल्नेछ। यसबाहेक विद्यार्थीलाई विदेशी मुद्रा सटही सहज सुविधा पनि प्रदान गर्ने तयारी गरिएको मन्त्री राईले जानकारी दिए।