
धादिङको धुनिबेँसी नगरपालिकाकी धावक रसिला तामाङले मलेसियामा भएको कोबोई मलाया क्लासिक महिला दौडको उपाधि चुमेकी छिन्।
५० किलोमिटरको उक्त दौड प्रतियोगितामा महिलातर्फ तामाङले ५ घन्टा ८ मिनेट ३२ सेकेन्डमा पूरा गरेर प्रथम उपाधि जितेकी हुन्।
एसिया ट्रेल मास्टरको आयोजनामा भएको उक्त प्रतियोगितामा टिएटटिएट नेपालको तर्फबाट सहभागी तामाङलाई आयोजकले अदभूत धावक भनेको छ।
२२ वर्षीया रसिलाले यसअघि पनि विभिन्न देशमा आयोजना भएको दौड प्रतियोगितामा उपाधि जितिसकेकी छिन्।
‘यो उपाधिले आफ्नो मात्र नभएर धादिङ र सिंगो नेपालको नाम उच्च रह्याे भन्ने लाग्छ। याे अवसर र सपोर्टका लागि सबैप्रति आभार र धन्यवाद छ,’ उनले भनिन्।