१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 11 May, 2025
फाइल तस्बिर
Invalid date format ११:२१:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

दार्चुलामा यार्सा संकलनका क्रममा चट्याङ लागेर तीनजना घाइते

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format ११:२१:oo

दार्चुलामा चट्याङ लागेर तीनजना घाइते भएका छन्। यार्सागुम्बा संकलनका लागि व्याँस गाउँपालिका– २ हुङदुङ्ली वन पुगेका दुहुँ गाउँपालिका– १ का मानसिंह महर, आनसिंह महर र वडा नम्बर २ का महेशसिंह बडाल घाइते भएका हुन्।

शनिबार राति चट्याङ लागेर घाइते भएका तीनजनालाई उद्धारका लागि कठिनाइ भएको दुहुँ गाउँपालिका अध्यक्ष नरेन्द्रबहादुर सिंह बडालले बताए। मानिस गएर तत्कालै उद्धार गर्न सकिने अवस्था नभएको उनले बताए। 

घाइतेको उद्धारका लागि जिल्ला प्रशासन कार्यालयमार्फत हेलिकाेप्टरको व्यवस्थापनका लागि पहल भइरहेको छ।

जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी इन्स्पेक्टर ज्ञानेन्द्रबहादुर सिंहले घाइतेहरू निकै टाढाको वनमा गएको हुँदा ल्याउन समस्या भएको बताए। घाइतेको अवस्था के–कस्तो हो भन्ने यकिन जानकारी नआएको उनले बताए।