१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
२०८० बैशाख ३० शनिबार ०७:५८:००
Read Time : < 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

प्लानिङ ब्वाइज विजयी

Read Time : < 1 मिनेट
२०८० बैशाख ३० शनिबार ०७:५८:००

प्लानिङ ब्वाइज क्लब धनकुटामा जारी १५औँ सहिद भीमनारायण गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । धनकुटास्थित तल्लो टुँडिखेलमा भएको तेस्रो क्वार्टरफाइनलमा प्लानिङले कञ्चनजंघा फुटबल क्लब सिलगुडी भारतलाई ६–१ ले हराएको हो । प्लानिङको जितमा समीर थोकरले दुई तथा वेवोस साचुसे, फागुरान थारू, राजेश शाह र सञ्जीव लामाले एक–एक गोल गरेका थिए । कञ्चनजंघाका सोमन लेप्चाले एक गोल फर्काए । 

२१औँ मिनेटमा वेवोसले प्लानिङलाई अग्रता दिलाए । ३०औँ मिनेटमा फागुरामले दोस्रो गोल गरे । ५७औँ मिनेटमा राजेशले प्लानिङका लागि तेस्रो गोल गर्दा ६६औँ मिनेटमा सोमनले ३–१ को स्थितिमा ल्याए । ७५औँ मिनेटमा सञ्जीवले ४–१ को अग्रता बनाए ।

८८ र अतिरिक्त समयमा लगातार दुई गोल गर्दै समीरले प्लानिङलाई ६–१ को जित निकाल्न सफल भए । शनिबार वीरगन्ज युनाइटेड र एपिएफ क्लबबीच प्रतिस्पर्धा हुनेछ । प्रतियोगिताको विजेताले पाँच लाख र उपविजेताले दुई लाख ५० हजार प्राप्त गर्नेछन् ।