
परराष्ट्रमन्त्री एनपी साउद र भारतीय विदेशमन्त्री एस जयशंकरबीच बंगलादेशमा भेटवार्ता भएको छ ।
बंगलादेशको ढाकामा जारी छैटौँ हिन्द महासागर सम्मेलनमा सहभागी हुन ढाका पुगेका परराष्ट्रमन्त्री साउदले भारतीय समकक्षी जयशंकरसँग साइडलाइन वार्ता गरेका हुन् ।
जयशंकरले ट्विटरमार्फत साउदसँग पहिलो भेट फलदायी भएको र नयाँ जिम्मेवारीका लागि आफूले बधाई दिएको उल्लेख गरेका छन् ।
‘हामीबीच निरन्तर बढिरहेको साझेदारीलाई अगाडि बढाउन चाल्नुपर्ने कदमबारे छलफल भयो,’ जयशंकरले भनेका छन्, ’ऊर्जा, कनेक्टिभिटी र जनता–जनताबीचको हाम्रो स्थायी सम्बन्धबारे पनि कुराकानी भयो ।’
परराष्ट्रमन्त्री साउदले भारतीय समकक्षीलाई भेटेर खुसी लागेको भन्दै द्विपक्षीय सहयोगका लागि मिलेर काम गर्न चाहेको उल्लेख गरेका छन् ।