१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ७ सोमबार
  • Monday, 20 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ ७ सोमबार २o:o९:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

प्रहरी ऐन संशोधन हुँदै

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ ७ सोमबार २o:o९:oo

प्रहरी ऐन, २०१२ को केही प्रावधान संशोधन हुने भएको छ । सरकारले बिहीबार विभिन्न ऐन संशोधनसम्बन्धी विधेयक संसदमा दर्ता गरेकोमा त्यसमा प्रहरी ऐन पनि समावेश छ । 

ऐनमा रहेका दुईवटा प्रावधान संशोधन गर्न लागिएको छ । दफा १५ मा प्रहरी कर्मचारीको कर्तव्यअन्तर्गत १(२) मा रहेको प्रावधान हेरफेर गर्न लागिएको हो । हाल सो उपदफामा ‘सर्वसाधारण जनतासँग शिष्ट व्यवहार गर्ने र स्वास्नीमानिस र केटाकेटीहरूसँग व्यवहार गर्दा पूरा इज्जत र मनासिव नम्रतासाथ व्यवहार गर्ने उल्लेख छ ।’ 

यसमा रहेका शब्दमा लैंगिक तटस्थता नभएको भन्दै संशोधन गर्ने प्रस्ताव गरिएको छ । त्यसको सट्टा, ‘सेवाग्राहीलगायत सबैसँग शिष्ट र मर्यादित व्यवहार गर्ने,’ राख्ने प्रस्ताव गरिएको छ । 

त्यस्तै, संघीय संरचनाअनुसार अर्काे एक प्रावधान मिलाउन लागिएको छ । प्रहरी विशेष अदालतमा प्रहरी नायब निरीक्षकदेखि प्रहरी नायब उपरीक्षकसम्मका लागि क्षेत्रीय प्रहरी विशेष अदालत तोकिएकोमा क्षेत्रीय शब्दको सट्टा प्रदेश राख्न लागिएको छ । 

संविधानअनुसार प्रहरी ऐनमा संशोधन गर्नुपर्ने धेरै विषय रहे पनि त्यसलाई भने समावेश गरिएको छैन । ३० वर्षे सेवाहद हटाउनुपर्ने विषय पनि प्रहरीमा उठ्दै आएपछि त्यो विषयमा पनि कुनै प्रस्ताव छैन । 

सामान्य प्राविधिक विषयहरू मात्र समावेश गरेर प्रहरी ऐन संशोधन गर्न लागिएको छ । प्रदेश सरकारहरूले नयाँ संघीय प्रहरी ऐन ल्याउन पाँच वर्षदेखि दबाब दिँदै आएपछि संघीय सरकारले त्यसमा चासो दिएको छैन ।

ad
ad