मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८o बैशाख २९ शुक्रबार
  • Wednesday, 02 September, 2026
२o८o बैशाख २९ शुक्रबार १७:३६:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सरकारले सुर्तीजन्य पदार्थमा कर वृद्धि गर्छ : स्वास्थ्यमन्त्री बस्नेत

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o बैशाख २९ शुक्रबार १७:३६:oo

स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले सुर्तीजन्य पदार्थमा कर बढाएरै छाड्ने बताएका छन्। शुक्रबार ललितपुरको पुल्चोकस्थित मन्त्रीनिवासमा द युनियनका क्षेत्रीय निर्देशक डा. तारासिंह बम र एक्सन नेपालका अध्यक्ष आनन्दबहादुर चन्दलगायतसँगको छलफलका क्रममा मन्त्री बस्नेतले सुर्तीजन्य पदार्थमा कर वृद्धि गर्ने प्रतिबद्धता जनाएका हुन्।

यसबारेमा आफूले मन्त्रिपरिषदमा समेत विषय उठान गरिसकेको र प्रधानमन्त्रीसमेत सकारात्मक देखिएकाे उनको भनाइ छ। नेपालमा सुर्तीजन्य, मदिराजन्य र चिनीजन्य पदार्थले मानव स्वास्थ्यमा ठूलो असर पारेको भन्दै उनले यस्ता पदार्थलाई कर बढाएर दायरामा ल्याउनुपर्ने प्रस्ट्याए।

‘हामीले सुर्तीजन्य पदार्थमा कर बढाउने कुरा अघि सारेपछि डब्लुएचओ खुसी भएको छ। जसरी पनि बढाउने हो,’ उनले भने, ‘यो विषय जेनेभामा आगामी साता हुने ७६औँ विश्व स्वास्थ्य सभामा पनि उठाउँछु। यसबारेमा प्रधानमन्त्रीज्यू पनि सकारात्मक हुनुहुन्छ।’ मन्त्री बस्नेतले चिनीजन्य, सुर्तीजन्य र मदिराजन्य उद्योगलाई बन्द गर्नुभन्दा पनि राजस्व बढाउने बताए।

कार्यक्रममा द युनियनका क्षेत्रीय निर्देशक तारासिंह बमले स्वास्थ्य मन्त्रालयभित्र कुनै टोबाको उद्योगी आयो भने रेड कार्पेट बिछ्याउने परम्परा रहेको भन्दै यसलाई सरकारले गम्भीरताका साथ लिनुपर्ने बताए। हाल नेपालमा सुर्तीजन्य पदार्थ नियन्त्रण र राजस्व बढाउनेबारे कानुन निर्माण भइसकेको छ। तर, यसको कार्यान्वयन भने हुन नसकेकामा उनले चिन्ता व्यक्त गरे।

साथै सुर्तीजन्य पदार्थ (नियन्त्रण र नियमन गर्ने) ऐन, २०६८ लाई संशोधन गर्न पनि उनले मन्त्री बस्नेतलाई सुझाव दिए।