१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o बैशाख २९ शुक्रबार
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o८o बैशाख २९ शुक्रबार १५:४७:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

संघीय शिक्षा ऐन चालू अधिवेशनमै संसदमा प्रस्तुत हुन्छ : मन्त्री राई

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o बैशाख २९ शुक्रबार १५:४७:oo

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले संघीय शिक्षा ऐन चालू अधिवेशनमै संसदमा प्रस्तुत गर्ने बताएका छन्।

शुक्रबार सिंहदरबारमा बसेको दिगो विकास तथा सुशासन समितिको बैठकमा उनले यस्तो बताएका हुन्। उनले शिक्षा ऐन सबैको चासोको विषय भएकाले सरकारले दृढताका साथ काम अघि बढाइरहेको दाबी गरे।

पहिला पनि मस्यौदा तयार भई मन्त्रिपरिषदमा पुग्ने, तर सरकार परिवर्तनका कारण फर्किने गरेको उल्लेख गर्दै मन्त्री राईले अहिले मन्त्रालयले कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा पुनः पठाएको बताए।

‘शिक्षा ऐन अहिलेको धेरैको चासोको विषय रहेको छ र यो धेरै पहिला नै मस्यौदा भईकन प्रक्रियामा अघि बढेको, तर सरकार परिवर्तन हुने अवस्थाले मन्त्रिपरिषदमा पुग्दै फिर्ता आउने गरेको रहेछ। अहिले पनि यो प्रक्रियामा छ, यो कानुन मन्त्रालयमा छ,’ उनले भने।

मन्त्री राईले विश्वविद्यालयहरूको छाता विधेयक पनि कानुनी प्रक्रियाको चरणमा रहेको जानकारी दिए।