Skip This
फरक क्षमताकी रोशनीले घरमै पाइन् नागरिकता
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 13 May, 2025
रमेश रावल सुर्खेत
Invalid date format १३:४३:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

फरक क्षमताकी रोशनीले घरमै पाइन् नागरिकता

Read Time : < 1 मिनेट
रमेश रावल, सुर्खेत
नयाँ पत्रिका
Invalid date format १३:४३:oo

जन्मजात फरक क्षमता भएकी वीरेन्द्रनगर नगरपालिका– ४ यरीचोककी २० वर्षीया रोशनी थापाले घरमै नागरिकता पाएकी छिन्। जिल्ला प्रशासन कार्यालय सुर्खेतले फरक क्षमता भएकी थापालाई घरमा नै पुगेर नागरिकता वितरण गरिएको हो। 

फरक क्षमता भएकी थापाका अभिभावकले जिल्ला प्रशासन कार्यालयमा नागरिकता पाउँ भनेर निवेदन दिएको त्यसका आधारमा घरमा नै आएर नागरिकता वितरण गरिएको जिल्ला प्रशासन कार्यालय सुर्खेतका प्रशासकीय अधिकृत सूर्यबहादुर थापाले बताए। 

‘उहाँ पूर्ण रूपमा फरक क्षमताको भएको नागरिकताका लागि प्रशासनमा आउनुभएको थियो,’ उनले भने, ‘त्यही भएर अहिले घरमा नै आएर राज्यबाट नागरिकले पाउने सेवा दिइएको हो।’

जन्मजात नै फरक क्षमता भएर जन्मिएको र लामो समयमा उपचार गराउँदा पनि सञ्चो नभएको रोशनीका बुबा बलबहादुर थापाले बताए। ‘जन्मजात नै मष्तिस्कघात भएको डाक्टरहरूले जनाएका थिए,’ उनले भने, ‘लामो समय उपचार गराउँदा पनि उनलाई सन्चाे भएन।’

फरक क्षमता भएकी रोशनी बोल्न, हिँडडुल गर्न पनि नसक्ने उनको परिवारले जनाएको छ।