१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 12 May, 2025
Invalid date format १३:१६:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

शंकास्पद अवस्थामा २२ वर्षीया युवती आफ्नै कोठामा मृत फेला

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १३:१६:oo

नेपालगन्ज उपमहानगरपालिका– ९ नयाँबस्तीमा एक युवती मृत फेला परेकी छिन्। 

कोहलपुर नगरपालिका– ६ घर भएकी २२ वर्षीया युवती आफ्नै डेरामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता डिएसपी रामप्रसाद घर्तीले जानकारी दिए। उनी अध्ययनका लागि नेपालगन्जमा बस्दै आएकी थिइन्।
 
घर्तीले उनको मृत्यु शंकास्पद भएको बताए। ‘मृतकको शरीरमा नीलडाम देखिएको छ। ‘घटना शंकास्पद भएकोले प्रहरीले मसिनो तरिकाले अनुसन्धान गरिरहेको छ,’ उनले भने।

घटनाको अनुसन्धान भइरहेकाले सबै कुरा भन्न नमिल्ने डिएसपी घर्तीको भनाइ छ । घटनास्थलमा मोबाइल फेला परेको छ। उक्त मोबाइलका आधारमा प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ।