१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 11 May, 2025
Invalid date format १२:२५:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

संघीय गठबन्धनकै आधारमा मधेस सरकार पुनर्गठन हुन्छ : उपेन्द्र यादव

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १२:२५:oo

जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले संघको गठबन्धनकै आधारमा मधेस प्रदेश सरकार पुनर्गठन हुने बताएका छन्।

शुक्रबार जनकपुरमा पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष यादवले केही दिनभित्रै मधेस सरकार पुनर्गठन हुने दाबी गरे। मुख्यमन्त्रीमा आलोपालो हुने भन्दै उनले अहिले भने सरकारको नेतृत्व जसपाले नै गर्ने स्पष्ट पारे।

‘यही सरकारमा मन्त्रिपरिषद् विस्तार हुन्छ। घटक दलका तर्फबाट मन्त्री हुन्छन्, तर मुख्यमन्त्रीमा आलोपालो हुन्छ। संघमा सरकारमा रहेका, पाँचदलीय गठबन्धनको संयुक्त सरकारको रूपमा यो अगाडि बढ्छ। मन्त्रिपरिषद् हेरफेर वा पुनर्गठन चाँडै हुन्छ,’ अध्यक्ष यादवले भने।

जनमत पार्टी उपनिर्वाचनमा सत्तारूढ गठबन्धनको विरुद्धमा लागेको उल्लेख गर्दै उनले जनमतलाई सरकारमा ल्याउने–नल्याउने जिम्मेवारी प्रधानमन्त्रीको भएको बताए।