१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 11 May, 2025
Invalid date format १२:१३:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सुत्केरीको मृत्युपछि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा तनाव

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १२:१३:oo

दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सुत्केरीको मृत्यु भएपछि तनावग्रस्त बनेको छ। बिहीबार दिउँसो १ बजेतिर घोराही उपमहानगरपालिका– ८ सौरीकी मधु बुढाथोकी केसीको मृत्युपछि आफन्तजनले प्रतिष्ठानमा बिहानैदेखि आन्दोलन गरेका हुन्।

पीडितले घटनाको सत्यतथ्य छानबिन तथा क्षतिपूर्तिको माग राखेका छन्। मृतकको क्षतिपूर्तिबापत ५० लाख, शिशुको उपचार र पठनपाठनको सबै खर्च प्रतिष्ठानले व्यहोर्नुपर्ने तथा यसप्रकारका कमी–कमजोरी प्रतिष्ठानले रोक्नुपर्ने, मृतकको शरीरको सबै अंग परीक्षण हुनुपर्ने माग राखेका छन्।

सामान्य रूपमा सुत्केरी भएको, तर बच्चाको सालनाल ननिस्केको भन्दै उपचारमा खटिएका नर्सहरूले हात हालेर जबर्जस्ती सालनाल निकाल्न खोज्दा सुत्केरीको मृत्यु भएको मृतकका श्रीमान् शेरबहादुर केसीको दाबी छ।

उपचारमा संलग्न डाक्टर र नर्सहरूले सुत्केरीको अवस्थाबारे आफन्तहरूलाई कुनै पनि जानकारी नगराएको र बिरामी अचेत भई स्वास्थ्य अवस्था जटिल भएपछि डाक्टरले आइसियूमा राखेर उपचार गर्ने भन्दै एकाएक कागज गराउन लगाएकोसमेत आरोप लगाएका छन्। सुत्केरी हुनुअघि सबै स्वास्थ्य परीक्षण गर्दा सामान्य रिपोर्ट आएको थियो।

प्रतिष्ठानको लापरबाहीले सुत्केरीको ज्यान गएको सुत्केरीकी आमा पूर्णा बुढाथोकीले बताइन्। शिशुको अवस्था भने सामान्य छ। प्रतिष्ठानले भने सुत्केरीको उपचार गर्दागर्दै अत्यधिक रक्तस्रावका कारण मृत्यु भएको परिवारसमक्ष जवाफ दिएको छ।