१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 06 July, 2025
Invalid date format २o:१२:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सुझाव लिन हेटौँडा उपमहानगरको क्युआर कोड सार्वजनिक

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format २o:१२:oo

हेटौँडा उपमहानगरपालिकाले नगरवासीको सुझाव तथा सल्लाह संकलनका लागि बिहीबार क्युआर कोड सार्वजनिक गरेको छ। 

उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष ०८०/८१ को बजेट, नीति तथा कार्यक्रमहरू तय गर्नका लागि सुझाव संकलन गर्ने उद्देश्यले क्युआर कोड सार्वजनिक गरेको हो। 

उपमहानगरपालिकाले निर्माण गरेको क्युआर कोड प्रत्येक वडा कार्यालय, स्वास्थ्य चौकी, स्वास्थ्य केन्द्र साथै उपमहानगरपालिकाको फेसबुक पेज र ट्विटर एकाउन्टमार्फत सार्वजनिक गरिएको हो।

उपमहानगरपालिकाकी मेयर मीनाकुमारी लामाले आगामी वर्षको बजेट, नीति तथा कार्यक्रमका निर्माणका क्रममा उपमहानगरपालिकाले सर्वसाधारणलाई समेत समेट्ने उद्देश्यले क्युआर कोड सार्वजनिक गरेको बताइन्। 

उनले उपमहानगरमा विभिन्न चरणमा विषयगत समिति, शाखा, महाशाखागत रूपमा छलफल भइरहेको जानकारी दिँदै नगरवासीले समेत सुझाव प्रदान गरी समृद्ध र विकसित उपमहानर बनाउन महत्वूर्ण भूमिका खेल्न सक्ने भएकाले क्युआर कोड सार्वजनिक गर्दै नगरवासीहरूलाई सहभागी हुन अनुरोध गरिन्।

उनले अगामी आर्थिक वर्षको नीति, कार्यक्रम तथा बजेट प्राविधिक दृष्टिले सामाजिक रूपमा सन्तुलित एवं राजनीतिक रूपमा स्वीकार्य विकास प्राप्तिका लागि समन्वय कायम गर्दै विकासका साझा गन्तव्य र प्राथमिकता चयन गर्ने योजनामा उपमहानगरपालिका रहेको मेयर लामाले बताइन्।