Skip This
दार्चुला हिमपहिरोमा बेपत्ता बालिकाको शव फेला 
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o बैशाख २८ बिहीबार
  • Saturday, 27 July, 2024
२o८o बैशाख २८ बिहीबार १२:o८:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

दार्चुला हिमपहिरोमा बेपत्ता बालिकाको शव फेला 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o बैशाख २८ बिहीबार १२:o८:oo

दार्चुलाको व्याँस गाउँपालिकामा हिमपहिरोमा पुरिएर बेपत्ता एक बालिकाको शव फेला परेको छ।

गत वैशाख १९ गते हिमपहिरोमा परेर बेपत्ता भएका डोटीको जोरायल गाउँपालिका– २ की १५ वर्षीया छिमी सोमो थापाको शव फेला परेको हो। 

व्याँस गाउँपालिका– १ भोलुममा गएको हिमपहिरोमा परेर पाँचजना बेपत्ता भएका थिए। सातजनाले ज्यान जोगाएका थिए। छाँगरूस्थित सशस्त्र प्रहरी बल नम्बर– ५० गुल्मबाट खटिएको सशस्त्र प्रहरी बलको टोलीले बेपत्ताहरूको खोजी गरेर सबै शव फेला पारेको गुल्मपति ईश्वरी भट्टले बताए।

हिमपहिरोमा परेर दार्चुला दुहुँ गाउँपालिका– ४ का १८ वर्षीय प्रवीण कुँवर, उनका आमा ३६ वर्षीया कमला कुँवर, डोटी जोयराल गाउँपालिका– २ डोटीका ४५ वर्षीया नवती डोमा थापा र २८ वर्षीय ईश्वरी थापाको मृत्यु भएको थियो।