१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Saturday, 28 June, 2025
नयाँ पत्रिका काठमाडाैं
Invalid date format ११:४९:oo
Read Time : > 1 मिनेट
स्वास्थ्य र जीवनशैली प्रिन्ट संस्करण

बिहानको समयलाई  कसरी सदुपयोग गर्ने ?

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format ११:४९:oo

सहरिया जीवन दौडधुपमै बितिरहेको हुन्छ । कामको थकान र तनावले धेरैको दैनिक रुटिन बिग्रन्छ र जीवन अव्यवस्थित बन्छ । हामीले आफ्नो दैनिकीलाई राम्रो बनाउन बिहानीको समयलाई सदुपयोग गर्नुपर्छ । आहार, विहार र विचारलाई सन्तुलनमा राख्नुपर्छ । यसका लागि केही कुरामा विशेष ध्यान दिन जरुरी हुन्छ । सन्तुलित जीवनका लागि तपाईंको निद्रा राम्ररी पुगेको हुनुपर्छ । एक वयस्क व्यक्तिले कम्तीमा आठ घन्टा सुत्न जरुरी छ । बेलुकी समयमै सुत्ने र बिहान सबेरै उठ्ने गर्नाले शरीर ऊर्जावान् रहन्छ । 

मनतातो पानी : बिहान उठ्नेबित्तिकै मनतातो पानी पिउनुस् । तपाईंको स्वास्थ्य राम्रो हुनका लागि शरीर हाइड्रेट हुन जरुरी छ । । कागतीपानी पिउँदा पनि हुन्छ । त्यसपछि अर्गानिक चिया पिउन पनि सक्नुहुन्छ । 

कोठा मिलाउनुस् : तपाईंले आफ्नो कोठाको वातावरण पनि स्वच्छ राख्न जरुरी छ । त्यसका लागि बिहान ओछ्यान मिलाउने, कोठा सफा गर्नेजस्ता गतिविधि गर्न सक्नुहुन्छ । यसले तपाईंलाई शारीरिक र मानसिक रूपमा ऊर्जावान् बनाउँछ । हामीले कस्तो वातावरण बनाउने भन्ने कुराले जीवनमा महत्वपूर्ण भूमिका खेल्ने भएकाले हरेक दिनको सुरुवात कोठाका सामान मिलाएर गर्न सक्नुहुन्छ । 

सामान भद्रगोल हुँदा हाम्रो मानसिकता पनि भद्रगोल हुन्छ र सामान अर्डरमा रहँदा हाम्रो मानसिकता पनि सकारात्मक भएर जान्छ । सम्भव भएसम्म स्वच्छ हावा आउने, अक्सिजनको प्रवाह हुने ठाउँमा बस्नुपर्छ । सहरी क्षेत्रमा इन्डोर प्लान्ट्स रोप्न सकिन्छ । यसले अक्सिजनको पर्याप्त प्रवाह गर्छ र प्राकृतिक वातावरणको महसुस गराउँछ । 

स्वस्थ ब्रेकफास्ट ब्रेकफास्टमा के लिने भन्ने कुरा सधैँ महत्वपूर्ण हुन्छ । हामीले जस्तो खान्छौँ, हाम्रो प्रवृत्ति र मन पनि त्यस्तै बन्छ । जंकफुड तथा मसालेदार खानेकुराबाट सकभर टाढा रहनु राम्रो हुन्छ । घरमै बनाएको खानेकुरा खानुपर्छ । हामीले रेसायुक्त खानेकुरा अत्यधिक खान जरुरी छ । बोक्रासहितका फलफूल, सागपात, ह्वाइट राइसको साटो ब्राउन राइस, मैदाको साटो आँटालगायतले स्वास्थ्यलाई राम्रो गर्छ । काजु, बदामलगायत ड्राइफुड खानुपर्छ । ओखर, फर्सीको बियाँले स्मरणशक्ति बढाउने हुँदा यस्ता खानेकुरा ब्रेकफास्टमा समावेश गर्नु राम्रो हुन्छ । 

योग/ध्यान : तपाईंले योग र ध्यानलाई आफ्नो दैनिक रुटिनमा समावेश गर्नुपर्छ । योगले तपाईंको शरीरलाई स्वस्थ राख्छ । त्यस्तै, ध्यानले मस्तिष्कको कार्यक्षमता बढाउँछ । त्यसैले दैनिक कम्तीमा आधा घन्टा योग वा ध्यानका लागि छुट्याउनुस् । बिहानको समयमा हिँड्ने, व्यायाम गर्ने वा खेल खेल्न पनि सकिन्छ । 

सकारात्मक विचार : सबैभन्दा ठूलो शक्ति विचारकै हो । बुद्धले पनि जे सोच्छौँ, त्यही बन्छौँ भनेका छन् । हामीले जे कुरा दोहोर्‍याउँछौँ । हाम्रो जीवन पद्धति पनि त्यस्तै बन्न पुग्छ । त्यसैले हामीले सधैँ सकारात्मक सोच्नुपर्छ । हरेक दिन तनाव बोकेर उठ्यौँ भने जीवनशैली पनि बिग्रँदै जान्छ । 

विभिन्न परिस्थितिबाट विचलित हुने र त्यसैमा घोत्लिने गर्न थाल्यौँ भने नकारात्मक विचार हावी हुन्छ । त्यसैले हामीले सकारात्मक सोच्नुपर्छ । बारम्बार सकारात्मक कुरालाई मात्रै दोहोर्‍याउनुपर्छ । जसले सकारात्मक ऊर्जा दिने हर्मोनहरू शरीरमा सक्रिय गराउँछ । आजको दिनमा के राम्रो गर्न सकिन्छ भनेर सोच्नुपर्छ । सकारात्मक सोचले तपाईंमा सकारात्मक ऊर्जा पैदा गर्छ । केही समय अध्ययनका लागि छुट्याउने र आफ्ना सोचलाई डायरीमा उतार्ने बानी बसाल्नु राम्रो हुन्छ ।