१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 12 May, 2025
नयाँ पत्रिका काठमाडाैं
Invalid date format १o:o२:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

पूर्वगृहमन्त्री बालकृष्ण खाण पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format १o:o२:oo

नेपाली कांग्रेसका नेता एवं पूर्वगृहमन्त्री बालकृष्ण खाण पक्राउ परेका छन्। प्रहरी उच्च स्रोतका अनुसार उनी आफ्नै निवासबाट पक्राउ परेका हुन् । उनलाई आजै अदालतमा उपस्थित गराइने प्रहरीको तयारी छ। 

खाणलाई आज बिहान उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसरको टोलीले पक्राउ गरेको हो। हाल उनलाई अपराध अनुसन्धान कार्यालयको हिरासतमा राखिएको परिसरका प्रवक्ता सीताराम रिजालले जानकारी दिए।

भुटानी शरणार्थी ठगी प्रकरणमा पक्राउ परेका अभियुक्तले पूर्वगृहमन्त्री तथा कांग्रेस नेता खाणको समेत नाम बयानमा लिएका छन्। सोही आधारमा उनलाई अनुसन्धानको लागि पक्राउ गरिएको हो ।

११ जना हिरासतमा, ८ जना फरार 
यो ठगी प्रकरणमा प्रहरीले हालसम्म ११ जनालाई पक्राउ गरिसकेको छ। मंगलबार दुईजना पक्राउ परेका छन्। काठमाडौं टोखाका रामशरण केसी र झापाका गोविन्द चौधरी मंगलबार पक्राउ परेका हुन्। उनीहरू दुवै पैसा उठाउने बिचौलिया भएको काठमाडौैं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रवीन्द्र रेग्मीले बताए। 

यसअघि यो मुद्दामा आठजना पक्राउ परिसकेका छन्। जसमा सचिव टेकनारायण पाण्डे, तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सल्लाहकार इन्द्रजित राई, टोपबहादुर रायमाझीका छोरा सन्दीप छन् । त्यस्तै, बिचौलिया समूहका सानु भण्डारी, केशव दुलाल, सन्देश शर्मा, टंक गुरुङ र सागर राई छन् । 

पक्राउ पुर्जी जारी भएका अझै नौजना फरार रहेको स्रोत बताउँछ । जसमा एमाले सचिव टोपबहादुर रायमाझी र इन्द्रजित राईका छोरा नीरजसमेत छन्। अन्य सातजना बिचौलिया समूहसँग मिलेर पैसा उठाउनेहरू छन्। उनीहरूमध्ये केही विदेशमा रहेको प्रहरी स्रोत बताउँछ ।