१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 12 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १७:o४:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

उद्योगमन्त्री रिजाल र बेलायती राजदूतबीच शिष्टाचार भेट

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १७:o४:oo

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालसँग बेलायतका राजदूत निकोला पोलिटले शिष्टाचार भेटवार्ता गरेका छन्। 

मंगलबार मन्त्रालयमा भएको शिष्टाचार भेटवार्तामा द्विपक्षीय सम्बन्ध, आर्थिक सम्बन्ध तथा विकास सहयोग, व्यापार तथा लगानीलगायत विषयमा छलफल भएको थियो।

भेटमा मन्त्री रिजालले नेपालको विकासमा बेलायतले गर्दै आएको सहयोग सह्रानीय रहेको बताउँदै आगामी दिनहरूमा पनि द्विपक्षीय सम्बन्ध थप सुदृढ हुँदै जानेमा आफू विश्वस्त रहेको स्पष्ट पारेका थिए। 

नेपाल र संयुक्त अधिराज्यबीच वर्षदेखिको मित्रता रहेको बताउदै मन्त्री रिजालले बेलायती राजदूत निकोलाको कार्यकालमा नेपाल र बेलायतको सम्बन्ध अझै प्रगाढ रहने विश्वास व्यक्त गरे। 

मन्त्री रिजालले नेपालका सम्भावनायुक्त क्षेत्रमा बेलायतबाट लगानी बढाउन अपेक्षासमेत व्यक्त गर्दै उनले बेलायती लगानीकर्ताहरू नेपालमा मुख्यतया ऊर्जा, सूचना प्रविधि र सेवा क्षेत्रमा लगानी गर्न उत्सुक रहेको स्मरण गराउँदै मन्त्री रिजालले नेपालका सम्भावनायुक्त क्षेत्रमा बेलायतबाट लगानी बढाउन र विविधीकरण गर्नको लागि बेलायती राजदूत निकोलाको प्रयास रहने अपेक्षा रहेको स्पष्ट पारे। 

भेटका क्रममा मन्त्री रिजालले नेपालले सन् २०२६ सम्ममा अति कम विकसित मुलुकबाट स्तरोन्नति हुने लक्ष्य राखेकोसमेत स्मरण गराए। यसलाई दिगो र सहज बनाउन कम्तीमा केही वर्षसम्म जिएसपी, उत्पत्तिका नियमहरूको मापदण्डजस्ता एलडिसी सम्बन्धित सहुलियतपूर्ण व्यापारिक सुविधाको निरन्तरता महत्वपूर्ण रहने भन्दै मन्त्री रिजालले यस सम्बन्धमा नेपालले बेलायतको सहयोगको अपेक्षा गरेको बताए। 

गत वर्ष कोप-२६  सम्मेलन सफलतापूर्वक आयोजना भएको सन्दर्भमा साझा विश्वव्यापी चुनौतीको रूपमा रहेको जलवायु परिवर्तनको एजेन्डामा नेपाल बेलायतसँग मिलेर काम गर्न तत्पर रहेको मन्त्री रिजालले अवगत गराए। 

मन्त्री रिजालले नेपालको हरित, उत्थानशील र समावेशी विकास रणनीतिलाई समर्थन गर्ने बेलायतको तत्परताको कदरसमेत गरे। त्यसैगरी, नेपाल सरकारले स्वच्छ र नवीकरणीय ऊर्जा उत्पादन, विद्युतीय यातायात, न्यून कार्बन पूर्वाधार र पर्यापर्यटनको प्रवर्द्धनलाई उच्च प्राथमिकतामा राखेको बताए। 

नेपालको नवीकरणीय ऊर्जा विकास, जलवायु परिवर्तनसम्बन्धी अनुकूलन र न्यूनीकरण प्रयासहरूमा बेलायत सरकारको सहयोगप्रति मन्त्री रिजालले कृतज्ञतासमेत व्यक्त गरे। 

भेटमा बेलायती राजदूत निकोलाले नेपालमा लगानीको वातावरण थप सुद्धिढ गराई एफडिआई बढाउनमा जोड दिइन्। राजदूत निकोलाले नेपालको विकासमा बेलायत सरकारको हर सहयोग रहने विश्वाससमेत दिलाइन्।