१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o बैशाख २६ मंगलबार
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o८o बैशाख २६ मंगलबार १६:५o:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

डिएलएको महाधिवेशन जेठ २६ बाट चितवनमा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o बैशाख २६ मंगलबार १६:५o:oo

नेपाली कांग्रेसको शुभेच्छुक संस्था तथा प्रजातान्त्रिक कानुन  व्यवसायीहरूको संस्था नेपाल डेमोक्रेटिक लयर्स एसोसिएसन (डिएलए)को ११औँ महाधिवेशन जेठ २६ बाट हुने भएको छ।

डिएलएका वरिष्ठ केन्द्रीय सदस्य कीर्तिनाथ शर्मा पौडेलका अनुसार केन्द्रीय कार्यसमिति बैठकको निर्णयअनुसार जेठ २६ र २७ मा स्टार होटेल, रत्ननगर टाँडीमा महाधिवेशन तय भएको हो।

डिएलएको विधानअनुसार कार्यसमितिको कार्यकाल तीन वर्षको हुने भए पनि १०औँ महाधिवेशन भएको साढे चार वर्षसम्म पनि महाधिवेशन हुन सकेको छैन। समयमा अधिवेशन नहुँदा १०औँ महाधिवेशनबाट योगेन्द्रबहादुर अधिकारीको नेतृत्वमा चयन भएको कार्यसमिति नै अस्तित्वमा छ ।