Skip This
विवशताको आँसु बगाउँदै बिदेसिने युवालाई सम्बोधन गर्ने बजेट चाहिन्छ : सांसद शर्मा
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o बैशाख २६ मंगलबार
  • Saturday, 27 July, 2024
फाइल तस्बिर
नयाँ पत्रिका काठमाडौं
२o८o बैशाख २६ मंगलबार १३:५o:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

विवशताको आँसु बगाउँदै बिदेसिने युवालाई सम्बोधन गर्ने बजेट चाहिन्छ : सांसद शर्मा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o बैशाख २६ मंगलबार १३:५o:oo

सांसद विश्वप्रकाश शर्माले अबको दशक अर्थतन्त्रको विकासमा लाग्नुपर्ने बताएका छन्। 

प्रतिनिधिसभाको आजको बैठकमा आर्थिक वर्ष ०८०/८१ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा भएको छलफलका क्रममा मुलुकको अर्थतन्त्रको विकासका लागि नीतिगत साझा दृष्टिकोण तयार गर्नुपर्ने सुझाव दिए। 

भ्रष्टाचारको विषयमा कुनै पनि हदम्याद राख्न नहुने र भ्रष्टाचारका विषयमा राज्यले फाइल नभई फायर खोल्नुपर्ने उनको भनाइ थियो। ‘सरकार र निजी क्षेत्रको काम स्पष्ट रूपमा बाँडफाँट गरेर गर्नुपर्छ,’ उनले भने, ‘ठूला लगानीका आयोजना र विकास निर्माण राज्यले गर्नुपर्छ, अन्य निजी क्षेत्र नेपालमा लगानीमैत्री वातावरण बनाउनुपर्ने जरुरी छ।’

सांसद शर्माले नेपालको प्रशासनिक काम अझै झन्झटिलो व्यवस्थाको अन्त्य गर्नुपर्ने र सरकारले लहडका भरमा नभई विज्ञहरूको सुझावमा आधारमा प्रतिफल दिने विषयमा मात्र बजेट लगानी गर्न सुझाव दिए।

पुल बनाउने र सडक बनाउने विषयमा कामलाई तीव्रता दिनुपर्नेमा जोड दिँदै उहाँले विश्वका सबैभन्दा ठूलो र अर्थतन्त्रमा शक्तिशाली राष्ट्र २०५० सम्म चीन र त्यसपछि भारत शक्तिशाली हुने भनिएको हुँदा नेपालले पनि भिजन ९५ लिएर अघि बढ्नुपर्नेमा जोड दिए। 

नेपालमा रोजगारीको सिर्जना गर्नुपर्ने खालको बजेट विनियोजना गर्नुपर्नेमा जोड दिँदै विवशताको आँसु बगाउँदै कोही पनि नेपालीमा विदेशमा जानुपर्ने वतावरणको अन्त्य गर्नुपर्ने उनको भनाइ थियो।   

सांसद शर्माले सत्ता पक्ष र प्रतिपक्ष जो भए पनि कमजोरी र उपलब्धि सबै साझा भएको हुँदा प्रतिकूलतामा बाँचिएको भए पनि अबको हरेक क्षेत्रलाई  समृद्ध बनाएर एकताका साथ अघि बढ्नुपर्ने सुझाव दिए।