१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o बैशाख २६ मंगलबार
  • Sunday, 11 May, 2025
२o८o बैशाख २६ मंगलबार १२:o८:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

सिद्धार्थ बैंकको ‘पे एन्ड सेभ खाता’ सुरु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o बैशाख २६ मंगलबार १२:o८:oo

सिद्धार्थ बैंक लिमिटेडले अभिभावक तथा बालबालिकालाई लक्षित गर्दै ‘सिद्धार्थ पे एन्ड सेभ’ खाता सञ्चालनमा ल्याएको छ । बैंकले नेपालमै पहिलोपटक विशेष सुविधा भएको खाता सञ्चालनमा ल्याएको हो । 

शून्य मौज्दातमै खोल्न सकिने यस खातामा अभिभावकले डेबिट कार्ड र मोबाइल बैंकिङमार्फत एक सय रुपैयाँभन्दा बढीको विद्युतीय कारोबार गरेको अवस्थामा उक्त कारोबार रकमलाई आधार बनाई निश्चित रकम अभिभावकको खाताबाट कट्टा भई बालबालिकाको खातामा स्वतः जम्मा हुने व्यवस्था रहेको बैंकले जनाएको छ ।

डिजिटल कारोबारलाई प्रोत्साहित गर्दै बालबालिकाका लागि आजैबाट स–सानो बचत गर्दै जान अभिपे्ररित गर्ने उद्देश्यका साथ खाता सञ्चालनमा ल्याएको बैंकको भनाइ छ । यस खातामा बंैकले अभिभावक र बालबालिका दुवैको खातामा विशेष आकर्षणका रूपमा पहिलो वर्षका लागि निःशुल्क डेबिट कार्ड र बैंक स्मार्ट एक्सपी सेवा प्रदान गर्ने जनाइएको छ ।

साथै, ग्राहकलाई यो खाता खोली यथाशीघ्र लाभ लिन प्रेरित गर्ने उद्देश्यका साथ सीमित अवधिका लागि क्यासब्याक योजना पनि उपलब्ध गराइएको बैंकले जनाएको छ । क्यासब्याक योजनाअन्तर्गत अभिभावकले डेबिट कार्डमार्फत पहिलोपटक पिओएस वा अनलाइनबाट न्यूनतम एक हजार रुपैयाँको कारोबार गर्दा कारोबार रकमको पाँच प्रतिशत वा अधिकतम एक सय रुपैयाँ क्यासब्याक पाउने व्यवस्था गरेको जनाइएको छ ।