१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २० बिहीबार १o:o१:oo
Read Time : < 1 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

लेबनानले साफ च्याम्पियनसिप खेल्ने 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार १o:o१:oo

१४औँ दक्षिण एसियाली पुरुष फुटबल च्याम्पियनसिप (साफ)मा लेबनानले पनि प्रतिस्पर्धा गर्ने भएको छ । असार ६–१८ सम्म भारतको बेंग्लोरमा हुने १४औँ साफ च्याम्पियनसिपमा लेबनानलाई आमन्त्रित टोलीका रूपमा समावेश गरिएको हो । यसअघि कुवेतले पनि प्रतियोगितामा भाग लिने निश्चित गरिसकेको छ । लेबनान फिफा वरीयता ९९औँ र कुवेत १ सय ४३ औँ स्थानमा छन् ।

यसअघिका संस्करणमा दक्षिण एसियाका ६ टोलीले मात्र प्रतिस्पर्धा गरेका थिए । १४औँ संस्करण बंगलादेशमा हुने भनिएको थियो । तर, बंगलादेशले विभिन्न कारण देखाउँदै प्रतियोगिता आयोजना गर्न नसकिने जनायो । त्यसपछि भारतले प्रतियोगिताको आयोजना गर्ने भनियो । पछिल्लो संस्करणको फाइनलमा नेपाल भारतसँग पराजित भएको थियो । साफ च्याम्पियनसिपको इतिहासमा नेपाल पहिलोपटक फाइनलमा पुगेको थियो । 

नेपाललाई तत्कालीन प्रशिक्षक अब्दुल्ला अलमुताइरीले ऐतिहासिक रूपमा फाइनल स्थान पक्का गराएका थिए । माल्दिभ्समा भएको प्रतियोगितामा भुटान र पाकिस्तानले सहभागिता जनाएनन् । यसपटक आयोजक भारत, नेपाल, माल्दिभ्स, पाकिस्तान, भुटान र बंगलादेशले भाग लिनेछन् । फुटबलको सर्वोच्च निकाय फिफाको निलम्बनमा रहेका कारण श्रीलंकाले प्रतिस्पर्धा गर्नेछैन । 

ad
ad