१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o बैशाख २५ सोमबार
  • Sunday, 11 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o८o बैशाख २५ सोमबार १७:३३:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

व्यवसायीको मनोबल बढाउन निरन्तर सहयोग रहनेछ : मन्त्री रिजाल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o बैशाख २५ सोमबार १७:३३:oo

उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले व्यवसायीको मनोबल बढाउन मन्त्रालयले निरन्तर सहयोग र सहकार्य गर्ने बताएका छन्। सोमबार फर्निचर तथा फर्निसिङ व्यवसायी महासंघसँगको भेटका क्रममा उनले यस्तो बताएका हुन्।

उचित नीति अभावमा फर्निचर तथा फर्निसिङ व्यवसाय विस्तार हुन नसकेको भन्दै महासंघले मन्त्री रिजालसमक्ष अन्य विभिन्न समस्या समाधानका लागि आग्रह गरेको थियो। उद्योग स्थापना एवं दर्ता प्रक्रिया झन्झटिलो भएको भन्दै यसलाई सहज बनाउन व्यवसायीहरूले माग गरेका थिए।

एकातिर नयाँ उद्योग स्थापना गर्ने स्थानको अभाव रहेको र अर्कोतिर कतिपय उद्योगहरू सञ्चालनमा नरहेर पनि स्थान ओगटिरहेको भन्दै महासंघको टोलीले मन्त्री रिजालको ध्यानाकर्षण गराएको थियो।

उद्योगको नाममा तयारी सामान प्रदर्शन कक्षको रूपमा केही स्थानहरू उपयोग भैरहेको जानकारी गराउँदै महासंघले त्यस्ता क्रियाकलापविरुद्ध अनुगमन गर्न मन्त्री रिजाललाई आग्रह गरेको थियो।

महासंघ प्रतिनिधिमण्डलले फर्निचर तथा फर्निसिङ व्यवसाय क्षेत्र असुरक्षित रहेको भन्दै मन्त्री रिजाललाई क्रेडिट कानुनसमेत समेट्ने गरी व्यावसायिक सुरक्षा ऐन तर्जुमा गर्नु जरुरी रहेको बताएको थियो।