१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 12 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १३:३२:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

नेपालको अर्थतन्त्रलाई जबर्जस्ती संकटग्रस्त देखाउन खोजियो : मेटमणि चौधरी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १३:३२:oo

एकीकृत समाजवादी पार्टीका सांसद मेटमणि चौधरीले नेपालको अर्थतन्त्रलाई जबर्जस्ती संकटग्रस्त देखाउन खोजिएको बताएका छन्। सोमबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले अर्थतन्त्रको नेतृत्व गरिरहेकाहरूले नै यसमा भूमिका खेलेका आरोप लगाए।

‘आज मैले बोल्न आउनुभन्दा १० मिनेट अगाडि एउटा बैंकरसँग सोधेको थिएँ विकास बैंकमा कति पैसा छ ? उहाँले ५३ खर्ब भन्दै हुनुहुन्थ्यो। आज हामीले प्रस्तुत गर्ने बजेट भनेको मुस्किलले १५–१६ खर्ब, त्यो पनि असारसम्म आइपुग्दा ११ खर्बमा झर्छ,’ चौधरीले भने।

अर्थतन्त्र घटिरहँदा केही प्रश्न उठे पनि सजिलै नेपाली अर्थतन्त्रलाई समृद्ध गर्न सकिने उनको दाबी छ। सरकारले खर्च कटौती गरेर वित्तीय संकट आयो भन्नु हास्यास्पद रहेको उनले टिप्पणी गरे।

‘मुहान थुन्ने अनि खेतमा पानी आएन भनेजस्तै खर्च कटौती गर्ने अनि मार्केटमा फाइनान्सियल क्राइसिस भयो भन्नु हाँसोलाग्दो कुरा हो,’ उनले भने, ‘खर्च गर्ने मुहान फराकिलो बनाउन सके मात्रै फाइनान्सियल क्राइसिस म्यानेज गर्न सक्छौँ।’