Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
२०८० बैशाख २५ सोमबार ११:२०:००
Read Time : < 1 मिनेट
स्वास्थ्य र जीवनशैली प्रिन्ट संस्करण

डेंगुको संक्रमणबाट कसरी जोगिने ?

Read Time : < 1 मिनेट
२०८० बैशाख २५ सोमबार ११:२०:००

गर्मी बढेसँगै लामखुट्टे पनि बढी देखिन थालेका छन् । एडिस प्रजातिको पोथी लामखुट्टेको टोकाइले डेंगु सर्छ । यो लामखुट्टे बिहान र दिउँसो बढी सक्रिय हुन्छ । डेंगु आफैँमा प्राणघातक रोग होइन । तर, यसको संक्रमणका कारण शरीरका विभिन्न अंगमा क्षति पुगेर ज्यान जान पनि सक्छ । त्यसैले डेंगुबाट बच्नका लागि लामखुट्टेको टोकाइबाट बच्न जरुरी छ । 
जमेको सफा पानी, एसी, गमलाको पानी, गाडीको टायर, खुला भाँडालगायत ठाउँमा लामखुट्टे फैलिने गर्छ । संक्रमित लामखुट्टेले एउटै व्यक्तिलाई दोहो¥याएर टोके यसले जटिल रूप लिन्छ । 

लक्षण

  • डेंगु भएका अधिकांशमा उच्च ज्वरो आउने, टाउको दुख्ने, आँखाको गेडी दुख्ने, शरीर अत्यधिक दुख्ने हुन्छ ।
  • जोर्नीहरू दुख्ने, पेट दुख्ने, जिउमा डाबर आउने, छाती दुख्ने, वाकवाकी लाग्नेलगायत लक्षण देखिन्छ । 
  • केही मानिसमा अचानक ब्लडप्रेसर बढ्ने वा घट्ने हुन्छ ।
  • केहीमा डायरिया हुने हुन्छ । कसै–कसैको शरीरका विभिन्न अंगमा रक्तश्राव पनि हुन सक्छ ।
  • संक्रमण हुन नदिन के गर्ने ?
  • लाखुट्टेको टोकाइबाट बच्ने । 
  • घरवरिपरि पानी जम्न नदिने । टायर, बट्टालगायतमा पानी जम्न नदिने । 
  • सरसफाइमा ध्यान दिने ।
  • लामखुट्टे सक्रिय हुने समयमा बाहिर नहिँड्ने । झाडी वा लामखुट्टे आउने ठाउँमा जानैपरे लामो बाहुला भएको वा शरीर ढाक्ने लुगा लगाउने । 
  • राति सुत्दा झुल लगाएर सुत्ने । 
  • झ्यालमा जाली लगाउने ।
  • बालबालिका तथा वृद्धवृद्धालाई लामखुट्टे आउने ठाउँमा नपठाउने/नराख्ने । 
  • लामखुट्टे भगाउने खालका मलम छालामा लगाउने । 

डेंगु भइहालेमा के गर्ने ?
डेंगुका लक्षण देखिएमा उपचारका लागि चिकित्सकसँग परामर्श गर्नुपर्छ । जथाभावी औषधि प्रयोग गर्नुहुँदैन । 
अरू वेलाभन्दा यो वेला शरीरमा पानी कम हुने हुँदा प्रशस्त पानी पिउने । 
धेरै मसला, चिल्लो भएका खानेकुरा नखाने ।