मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
मञ्जु टेलर काठमाडाैं
२०८० बैशाख २५ सोमबार ०८:२५:००
Read Time : > 2 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

केन्द्रीय अस्पतालमै छैनन् आवश्यक स्वास्थ्य जनशक्ति

कान्तिमा सेवा लिन तीनदेखि चार घन्टासम्म कुनुपर्ने बाध्यता

Read Time : > 2 मिनेट
मञ्जु टेलर, काठमाडाैं
२०८० बैशाख २५ सोमबार ०८:२५:००

कान्ति बाल अस्पताल बालबालिकाको उपचारका लागि केन्द्रीय अस्पताल मानिन्छ । तर, यो अस्पतालमा पनि जनशक्ति अभावका कारण दैनिक सेवा लिन तीनदेखि चार घन्टासम्म लाइन बस्नुपर्ने बाध्यता छ । हाल तीन सय ५२ शड्ढयामा चलिरहेको अस्पतालले गत वर्ष एक लाख १६ हजार चार सय ५३ बालबालिकालाई सेवा प्रदान गरेको थियो । अत्यधिक भिड रहने कान्तिमा आइतबारदेखि शुक्रबारसम्म दैनिक बिहान ८ देखि १ बजेसम्म ओपिडी टिकट वितरण गरिन्छ ।

उपचार सेवा लिन आउने बिरामीको बिहान १० बजेदेखि चेकजाँच सुरु गरे पनि चिकित्सकको सेवा लिन कम्तीमा तीनदेखि चार घन्टासम्म कुर्नुपर्ने अवस्था छ । अस्पतालमा विकास समितितर्फ चिकित्सक, नर्स, पारामेडिक्स र अन्यसमेत दुई सय ९६ को दरबन्दी स्वीकृत भएकोमा हाल एक सय ५० कार्यरत रहेको र रिक्त दरबन्दीमा करारका स्वास्थ्यकर्मी कार्यरत छन् । हाल नेपाल सरकारतर्फ ७८ चिकित्सक, एक सय ६ नर्स र अन्यसमेत दुई सय ६४ को दरबन्दी छ । तर, ४९ चिकित्सक र ४२ नर्स मात्र कार्यरत छन् । चिकित्सक, नर्स र अन्य कर्मचारी गरी ९४ दरबन्दी रिक्त छन् ।

जनशक्ति अभावकै कारण उपचार सेवा प्रभावित भइरहेको अस्पतालले जनाउँदै आएको छ । अस्पतालमा १४ वर्षमुनिका बालबालिकाको मुटु रोगको उपचार गर्ने कार्डियो सेवा सञ्चालनमा रहे पनि छुट्टै कार्डियो युनिट र मुटुरोग विशेषज्ञको पदपूर्ति नहुँदा मेडिसिन चिकित्सकले सेवा दिइरहेका छन् । इको, क्याथ ल्याब र सिसियू नभएका कारण मुटुको एन्जियोप्लास्टी, एन्जियोग्राफीलगायत सेवा उपलब्ध छैनन् । जनशक्ति अभावका कारण अस्पतालका शल्यक्रियामा समेत महिनौँसम्म पालो कुर्नुपर्ने अवस्था छ । अस्पतालले हाइड्रोसिलको अप्रेसन गर्न ६ महिनादेखि दुई वर्ष, सामान्य अप्रेसन गर्न तीन महिनादेखि एक वर्ष, मेजर अप्रेसन गर्न ६ महिनादेखि दुई वर्षसम्म पालो पर्खनुपर्ने नीति बनाएकोे छ । दुईवटा मात्र अप्रेसन थिएटर रहेको अस्पतालमा १६ शड्ढयाको आइसियू र ३० शड्ढयाको सर्जिकल वार्डमा सेवा दिइरहेको छ । 

 परोपकार प्रसूतिगृहमा पनि आवश्यकताभन्दा कम जनशक्ति
हाल चार सय ८९ शड्ढयामा सञ्चालन भइरहेको परोपकार प्रसूतिगृहमा समेत जनशक्ति अभाव छ । विकास समितितर्फको दुई सय ६८ र सरकारीतर्फको तीन सय ८० गरी ६ सय ४८ स्वास्थ्य दरबन्दी रहे पनि आवश्यकताअनुसार जनशक्ति छैन । अस्पतालको भिडलाई सेवा दिन स्वास्थ्यकर्मी अझै अपुग भइरहेको अस्पतालको भनाइ छ । हाल अस्पतालमा एक सय ५४ नर्स, ६० चिकित्सक र ५५ प्यारामेडिक्स कार्यरत छन् । खासगरी नर्सिङ जनशक्ति अभाव छ । न्यूनतम मापदण्डअनुसार चार सय बेडको अस्पताललाई कम्तीमा सात सय ३५ जना नर्स चाहिन्छ । तर, सरकारी दरबन्दी रहेका २७ मध्ये १५ जना मात्रै कार्यरत छन् । अस्पतालमा विकास समितिअन्तर्गत एक सय ४६ जनाको दरबन्दी रहेकोमा २७ जना स्थायी र करारमा एक सय ३९ जना कार्यरत छन् । 

 सय शड्ढयाको नरदेवी आयुर्वेदिक अस्पतालमा ६५ स्वास्थ्यकर्मी
केन्द्रीय अस्पताल कम्तीमा तीन सय शड्ढया हुनुपर्ने मापदण्ड छ । नरदेवी अस्पताल अहिलेसम्म सय शड्ढयामा चलिरहेको छ । तर, चिकित्सक, नर्स र अन्य स्वास्थ्यकर्मी पर्याप्त छैनन् । सबै कर्मचारी गरी ९९ जनाको दरबन्दी रहेको अस्पतालमा हाल चिकित्सक १९ जना, १६ जना नर्स, ३० जना फर्मासिस्ट, वैद्य, कविराज कार्यरत छन् । ‘पुरानो दरबन्दीका आधारमा अहिलेसम्म अस्पताल चलाउनुपर्ने बाध्यता छ । वैज्ञानिक रूपमा बिरामीको चाप सर्वेक्षण गरेर सरकारले जनशक्ति व्यवस्थापन गर्नुपर्ने हो, तर दरबन्दी परिमार्जन नहुँदा सेवा दिनै मुस्किल भइरहेको छ,’ अस्पतालका कार्यकारी निर्देशक डा. प्रदीप केसीले भने ।

 पाटन मानसिक अस्पतालमा पनि उस्तै समस्या
हाल ५० शड्ढया रहेको पाटन मानसिक अस्पतालमा पनि स्वास्थ्यको चरम अभाव छ । कार्यकारी निर्देशक डा. अनन्त अधिकारीका अनुसार अस्पतालमा दैनिक सयभन्दा बढी ओपिडीमा र ५० जना इमर्जेन्सीमा जनशक्ति चाहिन्छ । तर, स्वास्थ्यकर्मी कम हुँदा सेवा प्रवाहमा समस्या देखिएको छ । मानसिक रोगको उपचारमा विशिष्टीकृत सेवा दिइरहेको अस्पतालमा हाल १५ जना चिकित्सक, १६ जना नर्स र ६ जना प्यारामेडिक्स मात्र कार्यरत छन् । जब कि ५० शड्ढयाको विशिष्टीकृत अस्पतालमा न्यूनतम सेवा मापदण्डअनुसार नर्स मात्रै एक सय नौजना आवश्यक पर्छ ।