मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८o बैशाख २४ आइतबार
  • Friday, 14 August, 2026
२o८o बैशाख २४ आइतबार १८:३८:oo
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

इस्मामा प्रदेशस्तरीय तेक्वान्दो प्रतियोगिता सम्पन्न, एलाइट नवलपुर डोजाङ प्रथम

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o बैशाख २४ आइतबार १८:३८:oo

गुल्मीको इस्मा गाउँपालिका–३ दर्लामचौर ठाढुंगामा सञ्चालित खुला लुम्बिनी प्रदेशस्तरीय डब्लुटिएफ तेक्वान्दो प्रतियोगितामा एलाइट तेक्वान्दो डोजाङ नवलपरासी प्रथम भएको छ।

नौ स्वर्ण, दुई कास्य र छ रजतसहित नवलपुर प्रथम भएको हो। त्यस्तै, सात स्वर्ण, एक कास्य र चार रजतसहित गैँडाकोट तेक्वान्दो डोजाङ नवलपरासी द्वितीय भएको छ। तीन स्वर्ण, १० कास्य र आठ रजतसहित नवप्रभात तेक्वान्दो डोजाङ रुपन्देही तृतीय भएको आयोजक इस्मा तेक्वान्दो डोजाङका अध्यक्ष वसन्त घिमिरेले जानकारी दिए।

प्रतियोगितामा प्रथम, द्वितीय र तृतीयले क्रमशः नगद २५, १५ र १० हजारसहित ट्रफी र प्रमाणपत्र प्राप्त गरेका छन्। त्यस्तै, इस्मा डोजाङकी शर्मिला परियार र अर्घाखाँचीका किसनसिंह नेपाली प्रतियोगिताको उत्कृष्ट खेलाडी भए। उनीहरूले नगद तीन हजार प्राप्त गरेका छन्।

टिम ब्याटलमा गैँडाकोट तेक्वान्दो डोजाङ उत्कृष्ट हुँदै नगद छ हजार प्राप्त गरेको आयोजकले जनाएको छ। प्रतियोगिताको लुम्बिनी प्रदेशका प्रदेश सभा सदस्य डिल्लीराज भुसालले उद्घाटन गरेका थिए। साढे दुई वर्ष पहिले स्थापना भएको इस्मा दोजाङले अहिले प्रथम खुला प्रदेशस्तरीय डब्लुटिएफ तेक्वान्दो आमन्त्रण प्रतियोगिता आयोजना गरेको हो।