१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 12 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १२:५९:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

समाजमा बढेको नकारात्मकतालाई सञ्चारमाध्यमबाट अन्त्य गर्नुपर्छ : मन्त्री शर्मा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १२:५९:oo

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नकारात्मक भावनाबाट गुज्रिरहेको समाजलाई सकारात्मकतातर्फ लैजान सञ्चारमाध्यमहरूले महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने आवश्यकता रहेको बताएकी छिन्। 

आइतबार गोरखापत्र संस्थानको १२३औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन्। 

उनले अहिले समाज नकारात्मकतातर्फ बढी उन्मुख भइरहेको उल्लेख गर्दै सकारात्मकततर्फ लैजान सञ्चारमाध्यमहरूको भूमिका आवश्यक रहेको बताइन्। 

उनले सरकार, सत्ता सञ्चालन गर्नेहरूबाट भएका कामबारे गोरखापत्रले विशेष स्थान बनाउनुपर्ने बताइन्। 

सकारात्मक कामहरूलाई व्यवस्थित ढंगले जनतासमक्ष पुर्‍याउन सके जनतामा सरकार र राज्यप्रति फैलिरहेको नकारात्मक भावनाको अन्त्य हुने उनको भनाइ थियो। नागरिकलाई आशावादी बनाउन मिडियाको उल्लेखनीय भूमिका रहने विश्वास उनले व्यक्त गरिन्। 

मन्त्री शर्माले आमसञ्चार प्रशिक्षण प्रतिष्ठान सरकारले पनि आवश्यक रहेको महसुस गरिरहेको र आमसञ्चार प्रतिष्ठान ऐन बनाउने अन्तिम तयारीमा सरकार पुगेको बताइन्।