१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०८० बैशाख २४ आइतबार ११:३०:००
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

डा. शाह बंगलादेशमा सम्मानित 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०८० बैशाख २४ आइतबार ११:३०:००

नेपाली चिकित्सक डा. अनिलपुकार शाह बंगलादेशमा सम्मानित भएका छन् । युनिभर्सिटी अफ साइन्स एन्ड टेक्नोलोजी चिट्टागंगद्वारा राजधानी ढाकास्थित बंगबन्धु इन्टरनेसनल कन्फ्रेन्स सेन्टरमा आयोजित समारोहमा डा. शाहलाई ‘द प्रेसिडेन्ट (चान्सलर) तथा एक्सिलेन्सी’ अवार्डले सम्मान गरिएको हो । डा. शाहले उक्त विश्वविद्यालयबाट सन् २०१४ मा एमबिबिएस उत्तीर्ण गरेका थिए । 

सन् २०११ देखि २०२२ सम्म यस विश्वविद्यालयबाट एमबिबिएस उत्तीर्ण भएका तीन हजार ४० डाक्टरमध्ये शाहले सर्वाधिक अंक ल्याएका थिए । समारोहमा बंगलादेशका शिक्षामन्त्री बर्रिस्तर मोहिबुल हसन चौधरी, सार्क मुलुकका विभिन्न प्रतिनिधिलगायत उपस्थित थिए । डा. शाह हाल नेपाल मेडिसिटी वयोधा अस्पताल, वीरगन्जमा कन्सल्टेन्ट युरोलोजिस्टका रूपमा कार्यरत छन् ।