Skip This
राष्ट्रिय प्रतियोगितात्मक गजल महोत्सवमा दीपिन सिजापती प्रथम
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 13 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १७:५९:oo
Read Time : < 1 मिनेट
साहित्य डिजिटल संस्करण

राष्ट्रिय प्रतियोगितात्मक गजल महोत्सवमा दीपिन सिजापती प्रथम

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १७:५९:oo

गोकर्णेश्वर नगरपालिकाको आयोजनामा सम्पन्न भएको राष्ट्रिय प्रतियोगितात्मक गजल महोत्सवमा दैलेखका दीपिन सिंजापति प्रथम भएका छन्।

वैशाख २३ गते शनिबार काठमाडौंको आरुबारीमा सम्पन्न प्रतियोगितामा लमजुङकी मुना बोहरा द्वितीय र लमजुङकै प्रज्ज्वल अधिकारी तृतीय भए। यसैगरी, भिजन गुरागाईं, जगतबहादुर खड्का, लक्ष्मण ढकाल, संयोग बस्याल र प्रकाश समीरले सान्त्वना पुरस्कार प्राप्त गरे।

पुरस्कृत गजलकारहरूलाई कार्यक्रमका सभापति तथा प्रमुख अथितिलगायत अतिथिहरूले नगद, प्रमाणपत्र प्रदान गरेका थिए। पुरस्कृत गजलकारहरूमध्ये प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमशः नगद रु ६० हजार, ४० हजार र ३० हजार रुपैयाँ तथा सान्त्वना रु. २० हजार प्रदान गरिएको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै गोकर्णेश्वर नगरपालिकाका प्रमुख दीपककुमार रिसालले गोकर्णेश्वरलाई साहित्यिक हब बनाउने उद्देश्यका साथ विगत ३ वर्षदेखि साहित्यका विविध विधामा प्रतियोगिताहरू गरिरहेको जानकारी दिए।

नगरप्रमुख रिसालले मुलुकको भाषा, साहित्य र संस्कृति संरक्षणका लागि नगरपालिका सदैव क्रियाशील रहने बताउँदै गजल महोत्सवको सफलताबाट अरू उत्साह थपिएको बताए। कार्यक्रममा वरिष्ठ गजलकार ज्ञानुवाकर पौडेलले गजल विधामा युवा पुस्ताको आकर्षण लोभलाग्दो रहेकोले गजल विधाको राम्रो सम्भावना रहेको बताए।

कार्यक्रममा पूर्वमन्त्री रामेश्वर फुँयाल, वरिष्ठ पत्रकार तथा साहित्यकार विजय चालिसेलगायतका वक्ताहरूले गोकर्णेश्वर नगरपालिकाले साहित्यिक क्षेत्रमा देखाएको उत्सुकता धेरैका लागि प्रेरणादायी रहेको बताए।

मुलुकका विभिन्न क्षेत्र र विदेशबाट समेत गरी गजल महोत्सवका लागि ४५६ वटा गजल प्राप्त भएकोमा प्रारम्भिक मूल्यांकनबाट ४१ वटा गजललाई प्रतियोगिताका लागि चयन गरिएको थियो। कार्यक्रममा आयोजक समितिका संयोजक गोविन्दप्रसाद घिमिरे वेदमणिले गजल महोत्सव आयोजनाको औचित्यबारे प्रकाश पारेका थिए।

प्रतियोगितामा वाचन गरिएका गजलहरूको मूल्यांकनकर्तामा करुण थापा, प्रभाती किरण र धनेन्द्र ओझा रहेका थिए।