१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
फाइल तस्बिर/नयाँ पत्रिका
२०८० बैशाख २३ शनिबार १०:०३:००
Read Time : < 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

चितवन राष्ट्रिय निकुञ्ज र यस आसपासका क्षेत्रमा सात वर्षमा ३० बाघ मरे    

Read Time : < 1 मिनेट
२०८० बैशाख २३ शनिबार १०:०३:००

विगत सात वर्षमा ३० वटा बाघ मरेका छन् । चितवन राष्ट्रिय निकुञ्ज र यस आसपासका क्षेत्रमा ती बाघ मरेका हुन् । आर्थिक वर्ष ०७२/७३ देखि हालसम्ममा ती बाघ मरेका हुन् । चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार मृत भेटिएका बाघमध्ये १४ भाले, आठ पोथी छन् ।

आठवटाको पहिचान नखुलेको उनको भनाइ छ । उनका अनुसार मृत भेटिएका बाघमा बुढो भएर आठ, आपसमा जुधेर आठ, उपचारका क्रममा पाँच, बिरामी भएर एक, विष सेवनबाट तीन र पाँचवटा कारण नखुलेको पाइएको छ ।  

यस्तै, आर्थिक वर्ष ०७२/७३ मा एक, ०७३/७४ मा चार, ०७४/७५ मा छ, ०७५/७६ मा आठ बाघ मृत भेटिएको थियो । आव ०७६/७७ मा तीन, ०७७/७८ मा दुई र ०७८/७९ मा छवटा बाघ मृत भेटिएका थिए । चालू आवमा भने बाघ मृत नभेटिएको जनाइएको छ ।

चितवन राष्ट्रिय निकुञ्जमा पछिल्लो समय बाघको संख्या बढेको छ। संख्या वृद्धि भएसँगै आहाराको खोजीमा बाघ एकापसमा जुध्ने गर्नाले मृत भेटिने संख्या बढेको तिवारीले बताए । निकुञ्जको तथ्यांकअनुसार चालू आवको चैत मसान्तसम्ममा ९६ वटा वन्यजन्तु मृतावस्थामा भेटिएका छन् । यस्तै, ९६ वटा वन्यजन्तुको उद्धार गरिएको छ ।