१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३१ सोमबार
  • Monday, 13 May, 2024
२o८१ बैशाख ३१ सोमबार o८:२o:oo
Read Time : > 1 मिनेट
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

महाधिवेशनको १७ महिनापछि पार्टी संरचना र भ्रातृ संस्थालाई पूर्णता दिँदै कांग्रेस 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख ३१ सोमबार o८:२o:oo

वैशाख अन्तिम साताभित्र केन्द्रीय समिति बैठक बस्ने 

महाधिवेशन सकिएको १७ महिनापछि कांग्रेसले पार्टीका अपूर्ण संरचना र भ्रातृ संस्थालाई पूर्णता दिने तयारी गरेको छ । यसका लागि पार्टी सभापति शेरबहादुर देउवाले पदाधिकारी र नेताहरूसँग छलफल अघि बढाएका छन् । यस क्रममा देउवाले शुक्रबार पनि पार्टी पदाधिकारी र अन्य प्रभावशाली नेताहरूसँग छलफल गरे । 

प्रवक्ता डा. प्रकाशशरण महतले पार्टी संरचनालाई छिटो पूर्णता दिन र केन्द्रीय कार्यसमितिको बैठक बोलाउन पार्टी सभापतिले पदाधिकारीसहितको नेताहरूसँग छलफल गरेको बताए । उनले वैशाख अन्तिम साताभित्र केन्द्रीय कार्यसमितिको बैठक बोलाउने र त्यसअघि नै पार्टी तथा भ्रातृ संस्थाहरूलाई पूर्णता दिने तयारीमा सभापति रहेको जानकारी दिए । आसन्न केन्द्रीय कार्यसमिति बैठकमा गत ४ मंसिरको निर्वाचन र त्यसयताको राजनीतिक अवस्थाबारे समीक्षा हुने महतको भनाइ छ ।

‘केन्द्रीय समिति बैठकअघि पार्टीका अपूर्ण संरचनालाई पूर्णता दिने र नेतृत्व गठन हुन नसकेका विभागमा संयोजक तोक्ने गृहकार्य भइरहेको छ । यसै क्रममा पार्टी सभापतिले पदाधिकारीहरू र नेताहरूसँग सल्लाह–सुझाव लिनुभएको हो,’ प्रवक्ता डा. महतले नयाँ पत्रिकासँग भने, ‘सबै गृहकार्य पूरा गरेर २८–२९ वैशाखमा बैठक बोलाउने तयारी छ । त्यसअघि नै पार्टीका सबै संरचनाले पूर्णता पाउनेछन् र केन्द्रीय समितिमार्फत नयाँ राजनीतिक अवस्थाबारे धारणा तय गरेर जानेछौँ ।’

कांग्रेसले विभागहरूको संयोजक केन्द्रीय सदस्यहरूबाट तोक्ने गरी छलफल गरिरहेको छ । उपनिर्वाचनपछि सभापति देउवाले लगातार रूपमा पार्टीमा छलफल गरिरहेका छन् । उपनिर्वाचनको परिणामपछि कांग्रेसमा पार्टी संरचना चलायमान हुनुपर्ने र नेतृत्व रूपान्तरणको आवाज उठिरहेको छ । यसका लागि नेताहरूले केन्द्रीय कार्यसमिति बैठकमा जोडदार रूपमा छलफल हुनुपर्ने माग राख्दै आएका छन् । तर, बैठकको मिति भने तय भइसकेको छैन । 

कांग्रेसमा सात महिनादेखि केन्द्रीय कार्यसमितिको बैठक बस्न सकेको छैन । प्रवक्ता महतका अनुसार २७ वैशाखपछि बैठक बोलाउने तयारी छ । पछिल्लो समय ५ भदौमा नेता प्रदीप गिरिको निधनमा शोक प्रस्ताव पारित गर्न केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बसेको थियो । त्यसअघि २७ असारदेखि २ साउनसम्म कार्यसमितिको बैठक बसेको थियो । त्यसयता कांग्रेस पदाधिकारी र कार्यसम्पादन समिति बैठक बसेर आवश्यक निर्णय हुँदै आएको छ । कांग्रेस सरकारबाट बाहिरिएसँगै देउवाले २२ पुसका लागि केन्द्रीय समिति बोलाएका थिए । तर, विभिन्न बहानामा बैठक अनिश्चित बनेको थियो । 

कांग्रेसमा सभापतिलाई कोषाध्यक्ष मनोनयन, २८ वटै विभागका प्रमुख र सदस्य मनोनीत गर्ने अधिकारसहित टिकट वितरणमा शक्तिशाली मानिने संसदीय समितिका सदस्य तोक्ने सर्वाधिकार दिएको छ । तर, सभापति देउवाले बेवास्ता गर्दा महाधिवेशनको १७ महिनासम्म पनि अपूरो अवस्थामा छन् । त्यस्तै पार्टीका भ्रातृ र शुभेच्छुक संस्थाको महाधिवेशनसमेत समयमा हुन सकेको छैन । उपिनर्वाचनको परिणामसँगै कांग्रेसमा पार्टीलाई चलायमान बनाउन दबाब बढ्दो छ ।

डा. मीनेन्द्र रिजाल कांग्रेस केन्द्रीय सदस्यमा मनोनीत भएका छन् । सभापति देउवाले शुक्रबार रिजाललाई केन्द्रीय सदस्यमा मनोनीत गरेका हुन् । कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार देउवाले सभापतिलाई रहेको मनोनीत गर्न पाउने पार्टी विधानको व्यवस्थाअनुसार शुक्रबारबाट सो जिम्मेवारी तोकेका हुन् । 

१४औँ महाधिवेशनमा शेखर कोइराला प्यानलबाट महामन्त्रीका उम्मेदवार बनेका रिजाल पराजित भएका थिए । उनले पराजयपछि रक्षामन्त्री पदबाट राजीनामा दिएका थिए । पार्टीको तर्फबाट सरकारमा सहभागी रहेका रिजालले महाधिवेशनमा कार्यकर्ताबाट आफू अनुमोदित हुन नसकेको भन्दै नैतिकताको आधारमा सरकारको जिम्मेवारी परित्याग गरेको बताएका थिए । त्यसयता रिजाल पार्टीमा भूमिकाविहीन थिए । गत निर्वाचनमा समेत उनले प्रतिनिधिसभा सदस्यको उम्मेदवार बन्न टिकट पाएनन् । 

ad
ad