१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ २ बुधबार
  • Wednesday, 15 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ २ बुधबार २o:३४:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

पत्रकारमाथि भएको दुर्व्यवहारप्रति प्रविधि पत्रकार मञ्चको आपत्ति

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ २ बुधबार २o:३४:oo

समाचार संकलनको क्रममा प्रविधि पत्रकारहरूमाथि दुर्व्यवहार भएको भन्दै प्रविधि पत्रकार मञ्च (टिजेएफ)ले आपत्ति जनाएको छ। 

सुन्दर यातायातअन्तर्गतको सुन्दर अटो इन्जिनियरिङको वर्कसपमा बुधबार पत्रकारहरूमाथि दुर्व्यवहार भएको भन्दै टिजेएफले आपत्ति जनाएको हो। 

टिजेएफले आज विज्ञप्ति जारी गर्दै बुधबारको उक्त घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। 

‘टेकपाना डटकमका पत्रकारहरू हरिजंग थापा र गणेश सुवेदीमाथि सुन्दर यातायातका अध्यक्ष भेषबहादुर थापाले अमर्यादित शब्द प्रयोग गर्दै दुर्व्यवहार गरेकोप्रति मञ्च खेद प्रकट गर्दछ,’ विज्ञप्तिमा उल्लेख छ, ‘भयरहित वातावरणमा समाचार संकलन र सम्प्रेषण गर्न पाउनु पत्रकारको अधिकार हो। आफ्नो पेसागत जिम्मेवारी पूरा गर्न खटिएका प्रविधि पत्रकारमाथि भएको दुर्व्यवहारको घटनाले हामी दुःखी र मर्माहत भएका छौँ।’ 

सुन्दर अटो इन्जिनियरिङले विकास गर्न लागेको विद्युतीय बाइकको रिपोर्टिडको लागि आफैँले समाचार संकलन गर्न बोलाएर ‘ब्याट्रीको भिडियो किन खिचेको?’ भन्दै अध्यक्ष थापाले दुर्व्यवहार गरेको टिजेएफले जनाएको छ। 

‘रिपोर्टिङमा खटिएका पत्रकारहरूले उक्त कम्पनीको गोपनीयतामा असर पर्ने गरी कुनै सामग्री प्रकाशन-प्रसारण नगर्ने बताउँदा बताउँदै अध्यक्ष थापाबाट भिडियोसमेत डिलेट गर्न लगाएर भएको दुर्व्यवहारपूर्ण घटनाको प्रविधि पत्रकार मञ्च निन्दा र भर्त्सना गर्दछ,’ विज्ञप्तिमा उल्लेख छ।

यसअघि टेकपाना मिडिया प्रालिले पनि आफ्नो संस्थामा कार्यरत पत्रकारमाथि अमर्यादित शब्द प्रयोग गर्दै दुर्व्यवहार भएकोप्रति आफ्नो ध्यानाकर्षण भएको भन्दै विज्ञप्ति जारी गरेको थियो।

ad
ad