Skip This
गोकर्णेश्वर उपभोक्ता समितिका अध्यक्षलगायत तीनजना घुससहित रंगेहात पक्राउ 
मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८o बैशाख २० बुधबार
  • Monday, 15 September, 2025
नयाँ पत्रिका नयाँ पत्रिका
२o८o बैशाख २० बुधबार १७:२४:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

गोकर्णेश्वर उपभोक्ता समितिका अध्यक्षलगायत तीनजना घुससहित रंगेहात पक्राउ 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, नयाँ पत्रिका
नयाँ पत्रिका
२o८o बैशाख २० बुधबार १७:२४:oo

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उपभोक्ता समितिका अध्यक्ष, सदस्य र बालुवा डिपो सञ्चालकलाई एक लाख रुपैयाँ घुससहित रंगेहात पक्राउ गरेको छ। 

काठमाडौंको गोकर्णेश्वर नगरपालिका-३ स्थित राजाडिल सडक खण्ड मर्मत तथा निर्माण उपभोक्ता समितिका अध्यक्ष लक्ष्मण अधिकारी, सदस्य मोहनप्रसाद कुइँकेल र बालुवा डिपो सञ्चालक सुशान्त कुइँकेललाई अख्तियारले पक्राउ गरेको हो।

गोकर्णेश्वरमा नगरपालिकाबाट सडक मर्मत तथा निर्माणको काम लिएर ठेक्का लगाएको थियो। ठेकेदारले निर्माण सम्पन्न गरेपछि बाँकी रकम भुक्तानी दिने क्रममा उनीहरूले एक लाख रुपैयाँको चेक घुस लिएको अख्तियारले जनाएको छ। 

नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ।