Skip This
भुटानी शरणार्थीको आवरणमा ठगी प्रकरण : सचिव पाण्डे पक्राउ 
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 13 May, 2025
समाचार डिजिटल संस्करण

भुटानी शरणार्थीको आवरणमा ठगी प्रकरण : सचिव पाण्डे पक्राउ 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १३:२८:oo

भुटानी शरणार्थीको आवरणमा भएको ठगी घटनामा सचिव टेकनारायण पाण्डे पक्राउ परेका छन्। उपराष्ट्रपति कार्यालयमा कार्यरत उनलाई जिल्ला प्रहरी परिसर, काठमाडौंले बुधबार नियन्त्रणमा लिएको हो। 

आफूमाथि पक्राउ पुर्जी जारी भएको थाहा पाएपछि उनी आफैँ प्रहरी कार्यालयमा उपस्थित भएको प्रहरी स्रोतले जनाएकाे छ। गृह मन्त्रालयको सचिवको रूपमा कार्यरत रहँदा उनले ठगी गिरोहलाई सघाएको पुष्टि भएपछि प्रहरीले पक्राउ गरेको हो। 

गृह मन्त्रालयकै आडमा एक गिरोहले भुटानी शरणार्थीको परिचयपत्र बनाएर अमेरिका लैजाने भन्दै करिब नौ सयजनालाई ठगी गरेको थियो। जसमा तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार रहेका डा. इन्द्रजित राईसहित ६ जना यसअघि पक्राउ परिसकेका छन्।