मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८o बैशाख १९ मंगलबार
  • Wednesday, 02 September, 2026
२o८o बैशाख १९ मंगलबार १७:५८:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

यातायात व्यवस्था कार्यालयका तत्कालीन उपसचिव भट्टराईविरुद्ध भ्रष्टाचार मुद्दा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o बैशाख १९ मंगलबार १७:५८:oo

सुकेधारास्थित यातायात व्यवस्था कार्यालयका तत्कालीन उपसचिव सुन्दर भट्टराईविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज उनीविरुद्ध एक करोड १५ लाख २९ हजार एक सय ९३ रुपैयाँ ७१ पैसा बिगो राखेर विशेष अदालतमा आरोपपत्र दायर गरेको हो।

भट्टराईले गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरेको भन्ने उजुरीका आधारमा अनुसन्धान हुँदा उनीसँग एक करोड १५ लाख २९ हजार एक सय ९३ रुपैयाँ ७१ पैसाबराबरको स्रोत नखुलेको सम्पत्ति पाइएको अख्तियार स्रोतको भनाइ छ। सोही रकमलाई बिगो बनाएर अख्तियारले मुद्दा दायर गरेको हो।