Skip This
लुम्बिनीका मुख्यमन्त्री चौधरीले पाए विश्वासको मत  
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 13 May, 2025
Invalid date format १३:४६:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

लुम्बिनीका मुख्यमन्त्री चौधरीले पाए विश्वासको मत  

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १३:४६:oo

लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले विश्वासको मत पाएका छन्। 

मंगलबार प्रदेश सभाको पहिलो अधिवेशनको १०औँ बैठकमा मुख्यमन्त्री चौधरीले विश्वासको मत लिएका हुन् । ८७ सांसदमध्ये उनको पक्षमा ५३ मत परेको छ भने विपक्षमा २९ मत परेको छ। 

उनलाई कांग्रेसका २७, माओवादी केन्द्रका ११, नागरिक उन्मुक्ति पार्टीका चार, जसपा, लोसपा र जनमत पार्टीका तीन–तीन, एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाका एक–एक सांसद तथा एकजना स्वतन्त्र सांसदले विश्वासको मत दिएका हुन्।  त्यस्तै, विपक्षमा  एमालेका २९ सांसदले मत दिए भने राप्रपाका चार सांसदले भने कतै मत दिएनन्। 

उनले विश्वासको मत पाएसँगै मन्त्रिपरिषद् विस्तार तथा बाँडफाँट हुनेछ। हाल लुम्बिनीमा माओवादी केन्द्रका धनबहादुर मास्की, नागरिक उन्मुक्ति पार्टीका धर्मबहादुर चौधरी र लोसपाका सन्तोष पाण्डे मन्त्री छन्। 

तर, उनीहरूको मन्त्रालय भने अझै टुंगिएको छैन । त्यसबाहेक अन्य साना चारवटा दलले पनि मन्त्रालय मागेका छन् भने एकजना स्वतन्त्र सांसदको पनि मन्त्रालयमै दाबी छ। यसो भएमा हाल भएका मन्त्रालय टुक्य्राउनुपर्ने हुन्छ। हाल १० वटा मन्त्रालय छन् । 

एमालेका लीला गिरी मुख्यमन्त्री हुँदा १३ वटा मन्त्रालयबाट १० वटा मन्त्रालयमा झारिएको थियो।