१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 12 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १६:४५:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिना र कम्बोडियाका सिनेट अध्यक्ष चे सुमबीच  भेटवार्ता

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १६:४५:oo

राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले कम्बोडियाका समकक्षी सिनेटका अध्यक्ष समदेक विभोलेस्ना फेकदेक चे सुमसँग भेटघाट गरेका छन्।

सोमबार दिउँसो सिनेट कार्यालय, रातोघरमा भएको भेटमा अध्यक्ष तिमिल्सिनाले दुई देशबीचको पाँच दशक लामो दौत्य सम्बन्धको चर्चा गर्दै कम्बोडिया र नेपालले संयुक्त राष्ट्रसंघ, आइपियूलगायतका निकायमा हुने प्रतिनिधित्व र मुद्दामा समेत सहयोग र सहकार्य भइरहेको उल्लेख गरे।

उनले पछिल्लो समय कम्बोडियाले गरेको शान्ति, विकास र प्रगतिका लागि बधाई दिँदै नेपालले समेत सिको गर्नुपर्ने उल्लेख गरे। अध्यक्ष तिमिल्सिनाले ९७ प्रतिशत बौद्धमार्गी रहेको कम्बोडिया र बुद्धजन्मस्थल लुम्बिनीलाई एक–आपसमा जोड्नका लागि नेपाल–कम्बोडिया सीधा हवाई सेवा सुरु हुने आशासमेत व्यक्त गरे।

व्यापार र पारवहनका क्षेत्रमा भएका विगतका सम्झौताको प्रभावकारी कार्यान्वयनमा समेत उनले जोड दिए।

त्यस्तै, कम्बोडियन सिनेटका अध्यक्ष सुमले दुई देशबीच १९६२ बाट सुरु भएको सम्बन्ध विभिन्न समयमा फरक–फरक रूपमा प्रस्तुत भएको उल्लेख गर्दै दुई देशबीचको साझा हितका विषयमा सहकार्य गरेर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरे।

त्यसअघि अध्यक्ष तिमिल्सिनालाई नोम्पेन्ह अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागतपछि उनको सम्मानमा कम्बोडियाको तल्लो सदन नेसनल एसेम्बलीका प्रथम उपाध्यक्ष केत्तिसेथाबिन्दित चिम येपले दिवाभोजको आयोजना गरेका थिए। त्यस अवसरमा दुईपक्षीय हित र अनुभव आदान–प्रदानका विषयमा छलफलसमेत भएको थियो।