मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडाैं
२०८० बैशाख १८ सोमबार १०:२७:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

चौतारा २ र ३ लाई लक्षित गरी स्वास्थ्य शिविर 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०८० बैशाख १८ सोमबार १०:२७:००

जुगल–सिन्धु उत्थान समाजको आयोजना र ह्याम्स अस्पतालको सहयोगमा सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिकामा एकदिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन भएको छ ।

साकिने, देवीडाँडास्थित कालिकादेवी माध्यमिक विद्यालयमा शनिबार विशेषज्ञ चिकित्सकद्वारा भएको स्वास्थ्य शिविरमा नगरपालिकाको वडा नम्बर २ र ३ का दुई सय ७३ जनाले सेवा लिएका थिए । शिविरमा महिला तथा प्रसूति रोग, नाक, कान, घाँटी रोग र फिजिसियन विशेषज्ञ डाक्टरहरूद्वारा स्वास्थ्य परीक्षण गरी निःशुल्क औषधि वितरण गरिएको छ । 

वडा नं. २ का अध्यक्ष सुदीप श्रेष्ठले आफ्नो वडामा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरी जनताको सेवा गरेकोमा जुगल–सिन्धु उत्थान समाज, सिन्धुपाल्चोक र ह्याम्स अस्पताल, काठमाडौंको टिमलाई धन्यवाद दिए । 

जुगल–सिन्धु उत्थान समाज, सिन्धुपाल्चोक जिल्लालाई कार्यक्षेत्र बनाई समाजसेवाका विविध क्षेत्रमा योगदान दिने उद्देश्यले ०७९ कात्तिकमा जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकमा दर्ता भई स्थापना भएको र समाज कल्याण परिषदमा आबद्धता प्राप्त गरेको गैरनाफामूलक गैरराजनीतिक र गैरसरकारी सामाजिक संस्था भएको जुगल–सिन्धु उत्थान समाजका अध्यक्ष डाक्टर पूर्णबहादुर सिलवालले जानकारी दिए ।