१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २३ आइतबार
  • Sunday, 05 May, 2024
ग्लोबल टाइम्स
२o८१ बैशाख २३ आइतबार o८:oo:oo
Read Time : > 2 मिनेट
ad
ad
दृष्टिकोण प्रिन्ट संस्करण

युक्रेन संकट अन्त्यका लागि चिनियाँ प्रयास 

Read Time : > 2 मिनेट
ग्लोबल टाइम्स
नयाँ पत्रिका
२o८१ बैशाख २३ आइतबार o८:oo:oo

देश/विदेश

आगोमा इन्धन थप्नुको साटो चिनियाँ पक्ष जटिल समस्या समाधानका रूपमा वार्तालाई नै एक सम्भाव्य उपायका रूपमा देख्छ 

बुधबार दिउँसो युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले चिनियाँ राष्ट्रपति सी जिनपिङलाई फोन वार्ताका लागि निम्तो दिएका थिए । दुवै पक्षले चीन–युक्रेन सम्बन्ध र युक्रेन संकटबारे वार्तालाप गरेका थिए । सीले युक्रेनसँगको सम्बन्धलाई अगाडि बढाउन निरन्तर र स्पष्ट रूपमा चीन इच्छुक रहेको भन्दै जोड दिएका छन् । युक्रेन संकटको राजनीतिक समाधानका लागि सबै पक्षसँग गहिरो कुराकानी गर्न चीनले युरेसियन मामिलासम्बन्धी चिनियाँ सरकारको विशेष प्रतिनिधिलाई युक्रेन र अन्य राष्ट्रमा पठाउने बताउँदै सीले युक्रेन संकटमा आफ्नो निरन्तरको अडान र प्रस्तावलाई पुनः पुष्टि गरेका छन् । जेलेन्स्कीले शान्ति पुनस्र्थापना र युक्रेन संकटलाई कूटनीतिक माध्यमबाट समाधान गर्न चीनले महत्वपूर्ण भूमिका खेलेकामा स्वागत गरेका छन् । उनले सामाजिक सञ्जालमा वार्ता लामो र अर्थपूर्ण रहेको तथा यसले द्विपक्षीय सम्बन्धको विकासलाई बलियो बनाउने बताएका छन् ।

यो वार्ताबाट चीन–युक्रेन सम्बन्ध र युक्रेन संकटप्रति चीनको अडान एवं दृष्टिकोणमा एकरूपता छ भन्ने पुष्टि हुन्छ । पहिलो, युक्रेनमा संकट चर्किंदा पनि ‘चीन–युक्रेन सम्बन्ध विकास गर्न चीनको इच्छा’ र ‘दुई देशबीचको पारस्परिक लाभकारी सहयोग’मा चीन परिवर्तित भएको छैन । दोस्रो, युक्रेन संकटमा शान्ति र वार्ताका लागि आग्रह गर्ने चीनको मुख्य अडान अपरिवर्तित छ । चीनले यो संकटलाई दूरदर्शी र व्यावहारिक मानसिकतासाथ अगाडि बढाउन, स्थिरता दिन र यसमा निरन्तरता प्रदर्शन गरिरहेको छ । यो विश्वभर थप स्पष्ट हुँदै गइरहेको छ ।

यो फोनवार्ताले चीन जतिसक्दो चाँडो युद्धविराम र शान्ति पुनस्र्थापनाका लागि प्रयासरत छ भन्ने देखाउँछ । युक्रेन संकट सुरु भएपछि राष्ट्रपति सीले तुरन्तै गर्नैपर्ने चार काम, अन्तर्राष्ट्रिय समुदायले गर्नुपर्ने चार पहल र तीन अवलोकनको प्रस्ताव गरेका छन् । यसका आधारमा चीनले ‘चाइनाज पोजिसन अन द पोलिटिकल सेटलमेन्ट अफ द युक्रेन क्राइसिस’ नामक पत्रसमेत जारी गरेको छ । त्यसैगरी, चीनले रुस र युक्रेनलगायत सबै पक्षका साथै फ्रान्स, जर्मनी र इटलीलगायत युरोपेली शक्तिसँग राम्रो सम्पर्क बनाइराखेको छ । यसबाहेक अमेरिका र द्वन्द्वको शान्तिपूर्ण समाधान खोज्ने ब्राजिलजस्ता उदीयमान मुलुकसँग पनि चीनले संवाद जारी राखेको छ । यी पहलका पछाडि राज्यप्रमुखस्तरको कूटनीति महत्वपूर्ण मार्गदर्शक र सञ्चालक शक्ति बनेको छ ।

चीनले केही पश्चिमा र अमेरिकीको ‘भिडेरै’ समाधान निकाल्नुपर्छ भन्ने अवधारणाभन्दा भिन्न पूर्वीय विवेकयुक्त समाधान प्रस्ताव गरेको छ । चीनले युक्रेन संकटलाई जटिल एवं अप्ठ्यारो संकटका रूपमा लिए पनि समाधानका केही उपाय अझै बाँकी नै रहेको देख्छ । जटिल अन्तरविरोधलाई बिस्तारै विघटन गर्दै, धैर्यपूर्वक र स्थिर रूपमा समस्याको मूलमा पुग्न ठूलो राजनीतिक बुद्धि, धैर्य र लगनशीलता चाहिन्छ र यो नै जनताले चाहेको उत्तम समाधान पनि हो । समयक्रमसँगै रुस र युक्रेनलगायत युरोपका धेरै मुलुकले चीनको प्रस्तावित समाधानलाई बिस्तारै मान्यता दिएका वा आंशिक रूपमा स्वीकार गरेका छन् । त्यसैगरी विश्वभर ‘चिनियाँ मत सुनिनुपर्छ’ भनेर आवाज मुखर हुँदै गएको छ । 

चीन न युक्रेन संकट गराउने पात्र हो, न संकटका दौरान चीनले कसैको पक्ष लिएको छ । तर, राष्ट्रसंघीय सुरक्षा परिषद्का सदस्य र एक जिम्मेवार शक्ति राष्ट्रका नाताले निष्कपट र निःस्वार्थ भई चीन युक्रेन संकट अन्त्य होस् भन्ने चाहन्छ । चीन सधैँ शान्ति, वार्ता र इतिहासमा सही पक्षमा उभिएको छ । रुस र युक्रेन दुवैले शान्ति र संवादलाई प्रवद्र्धन गर्न चीनको प्रयासको स्वागत गरेका छन् । त्यसैगरी फ्रान्स र जर्मनीजस्ता युरोपेली शक्तिका साथै युरोपियन युनियनका नेताले पनि शान्ति र वार्तालाई प्रवद्र्धन गर्न चीनले थप भूमिका खेल्ने अपेक्षा गरेका छन् । चीन र युक्रेनका नेताबीचको फोनवार्तालाई ह्वाइट हाउसले समेत ‘राम्रो कुरा’ भनेर स्वागत गरेको छ । यसले युक्रेनको जटिल एवं परिवर्तनशील संकटमा चीनको पहलकदमीको विशेष महत्वलाई झल्काउँछ । 

एक वर्षअघि रुस–युक्रेन द्वन्द्व भएयता विश्वलाई ठूलो धक्का लागेको छ । समय बित्दै जाँदा अन्तर्राष्ट्रिय समुदायले यो गरम तातो द्वन्द्वलाई थप शान्त हुँदै संवादतर्फ लगिरहेका छन् । मुख्यतः सबै पक्षबीच वार्ता गर्ने इच्छा बढ्दै गएको छ र विभिन्न युरोपेली मुलुकबाट तर्कसंगत आवाज पनि सुनिन थालेका छन् । एक अर्थमा युक्रेन संकटमा राजनीतिक समाधानको बाटो खुलिरहेको छ । अबको कार्यभार भनेको यो अवसरको सदुपयोग गर्नु र अन्तर्राष्ट्रिय समुदायका लागि संयुक्त रूपमा शान्तिको ढोका खोल्न ऊर्जा जुटाउनु हो । आगोमा इन्धन थप्नुको साटो चिनियाँ पक्षले जटिल समस्या समाधानका रूपमा वार्तालाई नै एक सम्भाव्य उपायका रूपमा देख्छ । युरोपमा दीर्घकालीन शान्ति र स्थायित्वका लागि वार्ता नै आधारभूत उपाय हो । सुखद पक्ष के छ भने चीनको प्रस्तावले थप समर्थन पाइरहेको छ, अर्थात् शान्तिवार्ताका माग दिनानुदिन बढ्दो छ । 

रुस–युक्रेन द्वन्द्व सुरु भएयता अमेरिका र पश्चिमा जनमतले चीनलाई तल देखाउने प्रयासमा अफवाह फैलाएर चीनमाथि धेरै हिलो छ्यापेका थिए । तर, सफा हात धुनु आवश्यक हुँदैन । समयक्रमसँगै यी आरोप पराजित भइरहेका छन् र शान्तिको खोजीकर्ताका रूपमा चीनको छवि दिनानुदिन स्पष्ट हुँदै गइरहेको छ । रुस र युक्रेन दुवैले यसलाई महसुस गरेका छन् र अन्य मुलुक एवं अन्तर्राष्ट्रिय समुदायले पनि महसुस गर्न थालेका छन् । अन्ततः न्यायकै जित हुनेछ ।

(१४ वैशाखको ग्लोबल टाइम्सको सम्पादकीय)

ad
ad