१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 12 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १६:३१:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

जनमतको सम्मानका लागि रवि लामिछानेलाई रोजेको मन्त्रालय दिनुपर्छ : मन्त्री किराँती

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १६:३१:oo

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई रोजेको मन्त्रालय दिएर सरकारमा सहभागी गराउनुपर्ने बताएका छन्। 

शुक्रबार नेपाल पर्यटन बोर्ड तथा होटेल व्यवसायी महासंघ नेपालद्वारा संयुक्त रूपमा आयोजित दुईदिने तालिम कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताए। 

जनताले सबैभन्दा धेरै विश्वास गरेर लामिछानेलाई सबैभन्दा बढी मतले विजयी गराएको बताउँदै जनताको विश्वासमाथि सम्मान गर्नुपर्ने तर्क राखे। 

मन्त्री किराँतीले जनताले ठूला राजनीतिक दलहरूलाई सच्चिन आग्रह गरेको र सबै मिलेर जान सुझाव दिएको बताए। कोही पनि एक–अर्काको शत्रु नभएको भन्दै उनले एकले अर्कोलाई गालीगलौज गरेर अघि नपुगिने बताए। 

उनले भने, ‘अत्यधिक मतले जितेर आउनुभएको छ, रवि लामिछानेजी। उहाँलाई छानेको मन्त्रालय दिएर लैजाऔँ । जनताको विश्वासमाथि सम्मान गरौँ । सबै पार्टी प्रतिपक्षी नबसौँ, देश आर्थिक संकटमा छ, एउटै डुंगामा छौँ, प्वाल परेर पानी पसे त डुबिन्छ नि। देश रहे पो पार्टी रहन्छ, झन्डा रहन्छ, देशै नरहे के रहन्छ ? तर, हामी यस्तो राजनीतीकरण भएका छौँ, जन्मिँदै झन्डा लिएर जन्मिएजस्तो।’

मन्त्री किराँतीले नेपाल वायुसेवा निगम खाने स्वयं मन्त्रीहरू नै रहेको आरोप लगाए। उनले वायुसेवा निगम खाने खुम्लेकीरा मन्त्रीहरू स्वयं रहेको बताए।