१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 12 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १२:३२:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

हामी मुलुकमा अस्थिरता नहोस् भन्ने चाहन्छौँ : रवि लामिछाने  

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १२:३२:oo

राष्ट्रिय स्वतन्त्र पार्टी  (रास्वपा) का सांसदद्वय रवि लामिछाने र स्वर्णिम वाग्लेले शपथ लिएका छन्। उनीहरूलाई प्रतिनिधिसभा कानुन समितिको हलमा आज सभामुख देवराज घिमिरेले शपथ गराएका हुन्।

शपथपछि सञ्चारकर्मीसँग गरा गर्दै सांसद लामिछानेले आफूहरुले मुलुकमा अस्थिरता नहोस् भन्ने चाहेको बताए। सम्भावनाहरु रहन्छन् होला। सम्भावनाको खाजी हामी गर्दैनौँ। 

एमालेसँग गठबन्धनको सम्भावनाबारे सञ्चारकर्मीहरुले राखेको जिज्ञासाको जवाफ दिँदै लामिछानेले भने, त्यस्तो केही होइन। हामी आफैँसँग कम्फोरटेवल छौँ। सबै पार्टी उस्तै हुन्। एजेन्डाका आधारमा सबैसँग सहकार्य हुन्छ। हामीले भोट मागिरहँदा जनतासँग गरेका बाचा पूरा गर्ने गरी आगामी बाटो तय गर्छौँ। गम्भीर समीक्षा गरेर मात्रै अघि बढ्छौँ। हामी मुलुकमा अस्थिरता नहोस् भन्ने चाहान्छौँ।’ 

लामिछानेले सरकारमा जाने वा सरकारलाई दिएकाे समर्थन फिर्ता लिने विषयमा पार्टीभित्र गम्भीर छलफल र समीक्षा गरेर मात्र निष्कर्षमा पुग्ने बताए। 

यही वैशाख १० गते सम्पन्न प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनमा लामिछाने चितवन २ र वाग्ले तनहुँ १ बाट निर्वाचित भएका थिए।