१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०८० बैशाख १५ शुक्रबार ११:३५:००
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

विद्यालयमा राजनीतिक कार्यक्रम नगर्न महानगरको निर्देशन 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०८० बैशाख १५ शुक्रबार ११:३५:००

काठमाडौं महानगरपालिकाले महानगरभित्रका राजनीतिक कार्यक्रम नगर्न निर्देशन दिएको छ । केही विद्यालयमा राजनीतिक दल तथा तिनका भ्रातृ संगठनका कार्यक्रम सञ्चालन भएकोमा ध्यानाकर्षण भएको जनाउँदै अबउप्रान्त यस्ता कार्यक्रम नगर्न निर्देशन दिएको हो । 

शिक्षा ऐन तथा नियमावलीविपरीत राजनीतिक दल र भ्रातृ संगठनका कार्यक्रम गरिएको प्रमाणसहितको उजुरी महानगर शिक्षा विभागमा परेकाले अबउप्रान्त त्यस्ता कार्यक्रम नगर्न निर्देशन दिएको जनाइएको छ । कामपा शिक्षा अधिकारी सीताराम कोइरालाका अनुसार उजुरीका आधारमा सम्बद्ध विद्यालयमा अनुगन गर्ने र त्यस्ता कार्यक्रम गरेको पाइए सम्बन्धित विद्यालयका प्रधानाध्यापकलाई विभागीय कारबाहीसमेत गर्ने महानगरको तयारी छ । 

यसैगरी, यसै शैक्षिक सत्रदेखि सबै सामुदायिक विद्यालयमा ‘बुक फ्री फ्राइडे’ कार्यक्रम सुरु गर्न लागिएको छ । सोबमोजिम विद्यार्थीले प्रत्येक शुक्रबार किताब नबोकी नियमित समयमै विद्यालय जान्छन् र अन्य अतिरिक्त क्रियाकलाप गरेर वा व्यावहारिक ज्ञान लिएर घर फर्कन्छन् । प्रत्येक सामुदायिक विद्यालयले उक्त कार्यक्रम अनिवार्य लागू गर्नुपर्नेछ । अहिले विद्यालयमा धमाधम भर्ना अभियान सञ्चालन भइरहेको छ भने केही विद्यालयमा पठनपाठनसमेत सुरु भइसकेको छ ।   

उक्त कार्यक्रम सञ्चालनका लागि कामपाका प्रत्येक सामुदायिक विद्यालयलाई पत्राचार गर्नुका साथै प्रधानाध्यापकसँग छलफल पनि भइसकेको छ । सबै शुक्रबार किताबी ज्ञानभन्दा केही फरक कार्यकम गर्न लागिएको र यो विद्यार्थीका लागि जीवनोपयोगी शिक्षा हुने अधिकारी कोइरालाको भनाइ थियो । उक्त कार्यका लागि कामपाले प्रत्येक माध्यमिक विद्यालयलाई एक लाखका दरले बजेट वितरण गरिसकेको र आगामी वर्ष बढाएर कम्तीमा दुई लाख बनाउने तयारी छ ।  

उक्त कार्यक्रम यस वर्ष सामुदायिक विद्यालयमा र आगामी वर्षदेखि निजी विद्यालयमा पनि विस्तार गरिनेछ । हाल कामपामा ८९ सामुदायिक विद्यालय रहेकामा ५९ माध्यमिक विद्यालय र ३० प्राथमिक विद्यालय छन् ।