Skip This
वैज्ञानिक महावीर पुन आन्दोलनमा, माइतीघरमा धर्ना
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 13 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १o:oo:oo
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

वैज्ञानिक महावीर पुन आन्दोलनमा, माइतीघरमा धर्ना

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १o:oo:oo

राष्ट्रिय आविष्कार केन्द्रका प्रमुख एवं वैज्ञानिक महावीर पुन आन्दोलनमा उत्रिएका छन् । माइतीघर क्षेत्रमा पुनले अहिले धर्ना एवं र्‍याली निकालेका छन् । सरकारले नवप्रवर्तन र आविष्कारका क्षेत्रमा लगानी गर्नुपर्नेसहित चारवटा मागसहित पुनले शुक्रबारबाट माइतीघर क्षेत्रमा धर्ना दिन सुरु गरेका हुन् ।

‘सरकारले नवप्रवर्तनको क्षेत्रमा लगानी गरेको छैन, केही गर्छु भनेर लागेकालाई पनि दुःख दियो, रुवायो,’ पुनले नयाँ पत्रिकासँग भने, ‘शान्तिपूर्ण आन्दोलनमा स्वच्छाले भाग लिन अनुरोध गर्दछु ।’ शुक्रबार बिहान माइतीघरदेखि नयाँ बानेश्वरसम्म र्‍याली गरिएको छ । ‘आन्दोलन निरन्तर हुन्छ, धर्नामा बस्छौँ,’ उनले भने, ‘सरकारलाई घुँडा टेकाएरै छाड्छौंँ ।’

वैज्ञानिक पुनले केही दिनअघि मात्र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ, अर्थमन्त्री डा. प्रकाशशरण महतसहितलाई ज्ञापनपत्र बुझाएर आन्दोलनबारे अवगत गराएका थिए ।

सरकारले पछिल्लोपटक आविष्कार केन्द्रलाई वीरगन्जस्थित कृषि कारखाना सञ्चालनको जिम्मा दिएको थियो । पुनले कारखाना सञ्चालनमा ल्याएका छन्, तर सरकारले कबुल गरेको २० करोड अझै दिएको छैन । 







तस्बिर : संजित परियार/नयाँ पत्रिका