Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
फाइल तस्बिर ।
नयाँ पत्रिका काठमाडौं
२०८० बैशाख १५ शुक्रबार ०५:१६:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

बाजुरा केन्द्र बनाएर ५.९ म्याग्निच्युडको भूकम्प, क्षतिको विवरण आउन बाँकी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०८० बैशाख १५ शुक्रबार ०५:१६:००

बाजुरा केन्द्रविन्दु भएर मध्यराति ५.९ म्याग्निच्युडको भूकम्प गएको छ । राष्ट्रिय भूकम्पमापन केन्द्रका अनुसार सुदूरपश्चिम प्रदेशमा पर्ने बाजुरालाई केन्द्र बनाएर राति साढे १ बजे ५.९ म्याग्निच्युडको भूकम्प गएको हो । 

भूकम्पको धक्का सुदूरपश्चिम प्रदेशका जिल्लाहरूका अतिरिक्त देशका विभिन्न भागमा पनि महसुस गरिएको थियो । राति नै मानिसहरूको भागाभाग भएको थियो । भूकम्पले पुर्‍याएको क्षतिको विस्तृत विवरण आइसकेको छैन । 

पछिल्लो समय बाजुरा केन्द्रविन्दु भएर लगातार भूकम्प गइरहेको छ । गएराति नै ११ः५८ मा ४.९ र गत १० वैशाखमा ४.१ रेक्टरस्केलको भूकम्प गएको थियो ।